
काठमाडौं : हुण्डी कारोबार (समानान्तर बैंकिङ कारोबार)मा सम्लग्न रहेको अभियोगमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा भारत घर भई हाल काठमाडौंको कुलेश्वर बस्ने २५ वर्षीय रवि शंकर सिंह र बारा घर भई हाल कुलेश्वर बस्ने वर्ष ४७ को रमेश सिंह रहेका छन्। रवि ६३ लाख र रमेश २ लाख ८ हजार रुपैयाँसहित पक्राउ परेका हुन्।
उनीहरु सोमवार कुलेश्वर वडा नम्बर १४ स्थित थोक फलफूल व्यापार हुने स्थानबाट पक्राउ परेका हुन्।
हुण्डी कारोबार हुँदै छ भन्ने विशेष सूचनाका आधारमा महानगरीय प्रहरी वृत्त कालीमाटीबाट टोली खटिएको थियो। टोलीले शंकाष्पद अवस्थामा हिँडिरहेका व्यक्तिहरुको खानतलासी गर्दा उनीहरुको साथबाट ६५ लाख ८ हजार नगद बरामद गरी कानुनी प्रक्रिया अगाडि बढाएको छ।