PahiloPost

Jul 11, 2025 | २७ असार २०८२

खराबतिरको यात्रामा कोरिया र डेनमार्कलाई नेपालले जित्यो



पहिलोपोस्ट

खराबतिरको यात्रामा कोरिया र डेनमार्कलाई नेपालले जित्यो

कोरोना संक्रमित मुलुकहरुको सूचीमा नेपालको खराब यात्रा जारी छ। कोभिड १९ का कारण खराब अवस्थामा गुज्रिएका मुलुकको सूचीमा डेनमार्क र दक्षिण कोरियालाई नेपालले पछि पारिसकेको छ। विश्वका कोरोना प्रभावित मुलुकको सूचीमा नेपाल यतिखेर ६१ औं स्थानमा रहेको छ।

नेपालमा हिजो साँझसम्म १३ हजार २ सय ४८ संक्रमित छन्। नेपालले उछिनेको दक्षिण कोरियामा संक्रमितको संख्या १२ हजार ७ सय ५७ छ भने डेनमार्कमा १२ हजार ७ सय ५१ रहेको छ।

खराब मुलुकको सूचीमा नेपालभन्दा अगाडि अब अल्जेरिया रहेको छ। त्यहाँ संक्रमितको संख्या १३ हजार ५ सय ७१ रहेको छ। त्यसैगरी सर्वियामा १४ हजार २ सय ८८ संक्रमित रहेका छन्।

संक्रमितको संख्यामा अमेरिका, ब्राजिल, रसिया र भारतको अग्रता कायमै छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell