PahiloPost

Jul 6, 2025 | २२ असार २०८२

भारतको हाल बेहाल : दक्षिणतिर कोभिड १९ को कहर, एकै दिन थपिए १८ हजार ८ सय ७०



पहिलोपोस्ट

भारतको हाल बेहाल : दक्षिणतिर कोभिड १९ को कहर, एकै दिन थपिए १८ हजार ८ सय ७०

नयाँ दिल्ली : दक्षिण भारतमा संक्रमितको संख्यामा एक्कासी वृद्धि हुँदा भारतमा सोमवार एकै दिन १८ हजार ८ सय ७० नयाँ केस थपिएका छन्। एकैदिन भारतमा ४ सय १५ जनाको मृत्यु पनि भएको छ।

पछिल्ला केही दिन यता दक्षिण भारतीय राज्यहरुमा कोरोनाको संक्रमण लगातार बढिरहेको छ। पाँच भारतीय राज्य र पोन्डिचरीमा गरी ६ हजार ९ सय ८५ नयाँ संक्रमित थपिएका हुन्। सोमवार थपिएका नयाँ संक्रमितमध्ये ३७ प्रतिशत हिस्सा दक्षिण भारतीय राज्यहरुले नै ओगट्छन्।

सोमवार तामिल नाडूमा ३ हजार ९ सय ४९ नयाँ संक्रमित थपिएका छन्। कर्नाटकमा ११ सय ५ नयाँ संक्रमित थपिएका छन्। तेलङ्गानामा १ हजार ८७ संक्रमित थपिएका छन् भने आन्द्र प्रदेशमा ८ सय १३ नयाँ संक्रमित थपिएका छन्।

यससँगै भारतमा कोरोना संक्रमितको संख्या ५ लाख ६७ हजार ४ सय २३ पुगेको टाइम्स अफ इन्डियाले जनाएको छ। भारतमा मृत्यु हुने कोरोना संक्रमितको संख्या पनि १६ हजार ८ सय ८२ पुगेको छ। कोरोना ठीक हुनेको संख्या भारतमा ३ लाख ३५ हजार रहेको छ भने एक्टिभ केस २ लाख १५ हजार भन्दा धेरै रहेको छ।

भारतको महराष्ट्रमा सोमवार पनि ५ हजार भन्दा धेरै संक्रमित थपिएका छन्। महाराष्ट्रमा मात्र १ लाख ६९ हजार ८ सय ८३ जना संक्रमित छन्। यो करिब ३७ प्रतिशत हिस्सा हो, पूरै भारतमा रहेका संक्रमितमध्ये।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell