A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__usermodelsUser.php.6994b649e0a746.09286884): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__usermodelsUser.php.6994b649e0a746.09286884,application/models/proxies/__CG__usermodelsUser.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

A PHP Error was encountered

Severity: Warning

Message: file_put_contents(application/models/proxies/__CG__reportermodelsReporter.php.6994b649e0ed75.85762424): failed to open stream: No space left on device

Filename: Proxy/ProxyGenerator.php

Line Number: 291

A PHP Error was encountered

Severity: Warning

Message: rename(application/models/proxies/__CG__reportermodelsReporter.php.6994b649e0ed75.85762424,application/models/proxies/__CG__reportermodelsReporter.php): No such file or directory

Filename: Proxy/ProxyGenerator.php

Line Number: 293

ओलीको अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल हुने, 'पदबाट हटाउन लागे भन्ने कुरा के आधारमा भन्नुभयो?'
PahiloPost

Feb 18, 2026 | ६ फागुन २०८२

ओलीको अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल हुने, 'पदबाट हटाउन लागे भन्ने कुरा के आधारमा भन्नुभयो?'



प्रकाश भण्डारी

ओलीको अभिव्यक्तिबारे स्थायी कमिटीमा छलफल हुने, 'पदबाट हटाउन लागे भन्ने कुरा के आधारमा भन्नुभयो?'
फाइल फोटो

काठमाडौं:  नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी आज पनि बस्दैछ। बैठकमा अध्यक्ष एवं प्रधानमन्त्री केपी ओली इतरका नेताहरुले उनको पछिल्लो अभिव्यक्तिलाई छलफलको एजेन्डा बनाउने तयारी गरेका छन्।

आइतवार मदन भण्डारीको ६९ औं जन्म जयन्तीमा आयोजित कार्यक्रममा ओलीले आफूलाई पदबाट हटाउन भारतसहित नेपालका नेताहरु लागिपरेको दाबी गरेका थिए

प्रधानमन्त्रीले गैर जिम्मेवार अभिव्यक्ति दिएको भन्दै उनी इतरका स्थायी समिति सदस्यले बैठकमा प्रधानमन्त्रीसँग जवाफ माग गर्ने तयारी गरेका हुन्। स्थायी कमिटी सदस्य पम्फा भुषालले प्रधानमन्त्रीको अभिव्यक्तिका विषयमा कुरा उठ्ने बताइन्। 'सीमा मिचिएको विषयमै बोल्न बाँकी छ। आज त्यसैको वरिपरी छलफल हुन्छ। प्रधानमन्त्रीको अभिव्यक्ति पनि त्यहीसँग जोडिएर आएको छ,' भुषालले भनिन्।

बैठकमा छलफलका लागि थुप्रै विषय उठाउन बाँकी भएकाले आजदेखि आफूहरुले विभिन्न मुद्दामा कुरा उठाउन थालेको भुषालले जानकारी दिइन्।

'अहिले विषयहरु थपिँदै छन्। पुराना विषय त छँदैछन्। त्यसैले आज छलफल हुन्छ। धेरै विषयमा,' उनले भनिन्।

प्रधानमन्त्रीले आफूलाई पार्टीभित्रै पनि हटाउने खेल भइरहेको आरोप लगाएपछि नेकपाभित्र बहस चर्किने देखिएको छ। प्रधानमन्त्रीको अभिव्यक्ति के आधारमा आएको हो भन्ने बारेमा स्पष्ट पार्नुपर्ने अध्यक्ष पुष्पकमल दाहल प्रचण्ड र वरिष्ठ नेता माधव नेपाल निकट नेताहरुको भनाई छ।

अर्का स्थायी कमिटी सदस्य गणेश शाहले पार्टीमा धेरै विषय मिलाएरै जानुपर्छ भनिरहेको बेला प्रधानमन्त्रीको अभिव्यक्तिले सहमतिको वातावरण भाँडिन सक्ने बताए। उनले पार्टीमा धेरै विषय विवादका रुपमा रहेकाले सहमति खोज्नुपर्ने पक्षमा आफूहरु रहेको बताए। 'जे जति विषय छन् सहमतिमै टुंग्याउनु पर्छ भन्ने हो। प्रधानमन्त्रीले के कति कारणले नेताहरुलाई आरोप लगाउनु भयो त्यो विषय त उठ्ने नै भयो,' उनले भने।

उनले एक व्यक्ति एक पदको विषय पनि आजको बैठकमा छलफलको एजेन्डा बन्ने बताए। लामो समयदेखि एक व्यक्ति एक पदको एजेन्डा उठे पनि पालन नहुँदा पार्टीमा गुट उपगुट बढेको शाहको भनाई छ। उनले दुई अध्यक्षबीच भएको सहमति पालन गराउन बैठकमा गृहकार्य गर्ने बताए। 'छलफलकै लागि छलफल त कति भए कति तर यो बैठकमा मुख्य कुरा भनेको विगतका सहमति पालना गराउनु हो। हामी त्यसका लागि पहल गर्छौं,' उनले भने।

नेकपा स्थायी कमिटीको बैठक असार १० गतेदेखि सुरु भएको छ। बालुवाटारमा मंगलवार पनि ११ बजे सुरु हुने बैठक थप पेचिलो हुने नेताहरुको भनाइ छ। ओली र प्रचण्डले बैठकको उद्घाटनमै एक अर्कालाई आरोप लगाएका थिए। विगतको सहमति पालनाबाट ओलीपछि हटेको प्रचण्डको भनाई थियो भने सरकार सञ्चालनमा प्रचण्डले अप्ठेरो गरिरहेको ओलीको आरोप थियो। स्थायी कमिटी बैठक ओली अनुपस्थित भएर टार्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell