PahiloPost

Jul 12, 2025 | २८ असार २०८२

धोनीको वायोपिक गर्न चाहन्थे अक्षय, निर्देशकले किन सुशान्तलाई रोजे?



पहिलोपोस्ट

धोनीको वायोपिक गर्न चाहन्थे अक्षय, निर्देशकले किन सुशान्तलाई रोजे?

सुशान्तसिंह राजपुतको निधनपछि उनको जीवनका कैयौ पाटाहरु सार्वजनिक भइरहेका छन्। सन् २०१३ देखि बलिउडमा करियर सुरु गरेर १० फिल्ममा काम गरेका सुशान्तलाई चिनाउने प्रमुख फिल्ममध्येको एउटा हो ‘एम.एस. धोनी: द अनटोल्ड स्टोरी’। यही फिल्मसम्बन्धी एउटा तथ्य सार्वजनिक भएको छ।

भारतीय राष्ट्रिय क्रिकेट टोलीका पूर्वकप्‍तान महेन्द्र सिंह धोनीको जीवनीमा आधारित यो फिल्ममा बलिउड अभिनेता अक्षय कुमार काम गर्न चाहन्थे। धोनीको भूमिका निभाउन उनले निर्देशक निरज पाण्डेसँग पहलसमेत गरेका थिए। तर, निर्देशक पाण्डेले सुशान्तलाई लिड रोलका लागि रोजे।

सुशान्त किन प्राथमिकतामा?

सुशान्तको फिल्ममा इन्ट्री क्रिकेट सम्बन्धी विषयवस्तुमा आधारित फिल्मबाटै भएको थियो। करियरको पहिलो फिल्म ‘काई पो चे’ मा सुशान्त एक क्रिकेटरको भूमिकामा देखिएका थिए।

यसको तीन वर्षपछि २०१६ मा नीरज पाण्डेले सुशान्तलाई धोनीको भूमिका निभाउने मौका दिए। यद्यपि यो रोलका लागि अक्षय कुमारले निकै प्रयास गरेका थिए। निर्देशक पाण्डेसँग निरन्तर सम्वादमा थिए।

निर्देशक पाण्डेले फिल्ममा १६/१७ वर्षको युवावस्थाको धोनीको भूमिका अक्षयले निभाउन नसक्‍ने र यो नसुहाउने भन्दै भन्दै रिजेक्ट गरे।

यता धोनीसँग सुशान्तको बडी ल्यांग्वेज धेरै हदसम्म मिल्यो। सुशान्तले धोनी बन्न कडा मेहनत गरे। बलिउडमा वास्तविक क्रिकेट वायोपिकका रुपमा चिनिए। धोनीले पनि सुशान्तलाई रुचाएका थिए।

धोनीको वायोपिक गर्न नपाए पनि अक्षयले निरजसँग नाम शबाना र रूस्तमजस्ता फिल्ममा काम गरे। यसअघि उनले ‘स्पेशल 26’ मा पनि निरजसँग काम गरेका थिए।

सुशान्तले काम गरेको धोनी बायोपिक बक्स अफिसमा सफल भयो। सुशान्तको करियरको १०० करोड कमाउने पहिलो फिल्म पनि।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell