PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

सरकारलाई दवाव स्वरुप कथा घेराको 'हाच्छियुँ साच्छियुँ'



पहिलोपोस्ट

सरकारलाई दवाव स्वरुप कथा घेराको 'हाच्छियुँ साच्छियुँ'

काठमाडौं : मंगलवार कथा घेरा (कौसी थिएटर)ले सडक नाटक गर्दैछ। कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि उचित पहल उठाउन सरकारलाई दवाव स्वरुप नाटक 'हाच्छिउँ साच्छिउँ' प्रदर्शन गर्न लागिएको हो।

कथा घेरको सामाजिक सञ्जालहरुमार्फत् प्रस्तुतिबारे जानकारी दिइएको छ। लेखिएको छ :
'यो एक स्वतन्त्र, स्वैच्छिक पहल हो जसले सरकारलाई कोभिड-१९ ले निम्त्याएको कठिन समयमा जिम्मेवार र जवाफदेही बन्न दवाव दिन्छ।'

साथै नाटक अन्य किसिमको अन्यायका लागि निरन्तर संघर्ष गरिरहेकाहरुलाई सहयोग पुर्‍याउने उद्देश्यसहित प्रदर्शन गर्न लागेको जनाइएको छ। भनिएको छ – यो सामूहिक निराशाको परिणाम हो।

नाटकले देशका क्वारेन्टिनहरुको अवस्था, सरकारको असक्षमता र छुवाछुतविरुद्ध प्रकाश पार्ने जनाइएको छ।

१५ मिनेट लामो नाटक पाटन दरबार परिसरमा ४:३० बजे देखाइनेछ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell