PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

नेकपाको कुर्सी किचलो: शीर्ष नेतालाई मन्चबाट झारियो, राखियो सदस्यकै अगाडि



पहिलोपोस्ट

नेकपाको कुर्सी किचलो: शीर्ष नेतालाई मन्चबाट झारियो, राखियो सदस्यकै अगाडि

काठमाडौं: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को स्थायी कमिटी बैठकमा सचिवालय सदस्यको कुर्सी मन्चबाट झारिएको छ।

असार १० गते सुरु भएको बैठकमा सचिवालय सदस्यलाई मन्चमा र बाँकी सदस्यलाई तल राखिएको थियो।

सुरुको दिनको बैठकमा अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल ‘प्रचण्ड’लाई अगाडि राखिएको थियो भने अलि पछाडि बरिष्ठ नेताद्वय माधव नेपाल र झलनाथ खनाललाई राखिएको थियो।

अध्यक्षलाई सोफामा र बाँकीलाई काठको कुर्सीमा राखिएको भन्दै बैठकमा स्थायी समिति सदस्यले प्रश्न उठाएका थिए। पहिलो दिनको बैठकमै विरोध स्वरुप माधव नेपालले आफ्नो कुर्सी अध्यक्षहरुको लहरमा सार्न लगाए।

यसअघि शनिवारको बैठकमा सोफा हटाइएको थियो भने आज मन्चबाटै झारेर शीर्ष नेतालाई अरु सदस्यकै अगाडि राखिएको छ।

बालुवाटारमा सुरु भएको बैठकमा आज प्रधानमन्त्री केपी ओली अपस्थित भएका छन्। यसअघि बिहीवारको बैठकमा ओली अनुपस्थित भएका थिए भने शनिवारको बैठकमा केही बेर बसेर निस्किएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell