PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

चिनियाँ राष्ट्रपति सीको भाषणहरुको तेस्रो भाग बजारमा



पहिलोपोस्ट

चिनियाँ राष्ट्रपति सीको भाषणहरुको तेस्रो भाग बजारमा

बेइजिङ: चिनियाँ राष्ट्रपति सी चिनफिङका भाषणहोको तेस्रो भाग प्रकाशित भएको छ। 'सि चिनफिङ: द गभर्नेन्स अफ चाइना (सी चिनफिङ: चीनको शासन)'को तेस्रो अंक चिनियाँ तथा अंग्रेजी भाषामा प्रकाशित भएको हो।

पुस्‍तक चीन र चीन बाहिर पनि उपलब्ध भएको सिन्ह्वाले जनाएको छ।

तेस्रो अंकमा राष्ट्रपति सीका भाषण, संवाद, निर्देशन तथा पत्र गरी ९२ वटा लेख समावेश गरिएका छन्। चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)का महासचिवसमेत रहेका सीले अक्टोवर २०१७ देखि जनवरी १३ २०२० सम्मका सीका विचारहरुलाई पुस्तकमा समावेश गरिएको मंगलवार जारी वक्तव्यमा उल्लेख छ।

लेखहरुलाई १९ भागमा शीर्षकमा विभाजन गरिएका छन्। पुस्तकमा सोही समयका राष्ट्रपति सीका ४१ तस्विरहरु समेत समावेश गरिएका छन्।

पुस्तकलाई चीनको राज्य परिषदको सूचना कार्यालय, सीपीसीको इन्स्टिच्युट अफ पार्टी हिस्ट्री एन्ड लिटरेचर र चाइना फरेन ल्यांग्वेज पव्लिसिङ एडमिनिस्ट्रेसनले तयार पारेको हो।

पुस्तकको पहिलो भाग २०१४ र दोस्रो भाग २०१७ मा प्रकाशित भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell