PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

अमिताभ, अक्षय र अजयकोसहित ७ वटा फिल्म ओटिटीमा रिलिज हुने



पहिलोपोस्ट

अमिताभ, अक्षय र अजयकोसहित ७ वटा फिल्म ओटिटीमा रिलिज हुने

बलिउडका दिग्गज अभिनेता अमिताभ बच्चनको फिल्म ‘झुंड’ डिजिटल प्लेटफर्म ओटिटीमा प्रदर्शन हुने भएको छ। अमिताभसहित अक्षय कुमारको 'लक्ष्मी बम', अजय देवगनको 'भुज: द प्राइड अफ इण्डिया' लगायत ७ वटा फिल्म ओटिटीमा रिलिज हुने तय भएको हो।

कोरोना भाइरसका कारण सिनेमाघर बन्द भएपछि फिल्महरु डिजिटल माध्यमबाट प्रदर्शन हुन लागेका हुन्।

बलिउडका ७ वटा ठूला फिल्मको युनिटले सोमवार ओटिटीमा रिलिज गर्ने घोषणा गरेका थिए। फिल्म 'झुंड' ओटीटीमा रिलिज हुने अमिताभको दोस्रो फिल्म हो। यसअघि उनको फिल्म 'गुलाबो सिताबो' पनि डिजिटल प्लेटफर्ममा रिलिज भएको थियो। लकडाउनपछि ओटिटीमा रिलिज हुने यो पहिलो फिल्‍म थियो।

टि-सीरीजले आफ्नो 'लूडो', 'झुंड', र 'इंदू की जवानी' लाई ओटिटी प्लेटफर्ममा रिलीज गर्ने निर्णय गर्दै फिल्महरु बेचेको छ। यी तीन वटै फिल्मको शुटिंङ र प्रोडक्शनको काम पूरा भइसकेको छ। अर्को महिनासम्म रिलिज हुनेछन्।

यसका अलावा आलिया भट्टको फिल्म 'सड़क 2', अभिषेक बच्चनको फिल्म 'बिग बुल', कुणाल खेूमको फिल्म 'लूटकेस', विद्युत जामवालको फिल्म 'खुदा हाफिज' र दिवंगत अभिनेता सुशान्तसिंह राजपूतको अन्तिम फिल्म 'दिल बेचारा' रिलिज हुनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell