PahiloPost

Nov 24, 2024 | ९ मंसिर २०८१

सुदूरपश्चिममा थप दुई प्रहरीमा कोरोना पुष्टि, संक्रमित प्रहरीको संख्या सात पुग्यो



एम बम

सुदूरपश्चिममा थप दुई प्रहरीमा कोरोना पुष्टि, संक्रमित प्रहरीको संख्या सात पुग्यो

कैलाली : सुदूरपश्चिम प्रदेशमा नागरिकको सात प्रहरीमा कोरोना पुष्टि भएको छ। पछिल्लो पटक बाजुराका थप दुई जना प्रहरी जवानमा कोरोना पुष्टि भएको सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय दिपायलका प्रमुख प्रहरी नायव महानिरीक्षक (डिआइजी) उत्तम राज सुबेदीले जानकारी दिए।

सङ्क्रमण पुष्टि भएका प्रहरी क्वारेन्टिनमा खटिएका थिए। उनका अनुसार दुवै प्रहरी जवानको बाजुराकै आइसोलेसनमा राखेर उपचार भइरहेको छ।

यसअघि कञ्चनपुरका तीन, बाजुरा र अछामका एकरएक जना प्रहरीमा कोरोना पुष्टि भइसकेको छ। कञ्चनपुरका सङ्क्रमित प्रहरी गड्डाचौकीमा भारतबाट आउने नेपालीहरूको समन्वयका लागि र क्वारेन्टिन सुरक्षार्थ खटिएका थिए।

अछाम र बाजुराका संक्रमित प्रहरी भने क्वारेन्टाइनमा खटिएका थिए। सुदूरपश्चिममा अहिलेसम्म एक प्रहरी सहायक निरीक्षक, एक हवल्दार र पाँच जना प्रहरी जवान गरी कुल सात प्रहरीमा कोरोना पुष्टि भएको छ। त्यसमध्येका ४ जनाले कोरोना जितिसकेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell