PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

काठमाडौं उपत्यकामा एकैदिन ४ अपराध, तीन दुर्घटना, ३ जना पक्राउ



पहिलोपोस्ट

काठमाडौं उपत्यकामा एकैदिन ४ अपराध, तीन दुर्घटना, ३ जना पक्राउ

काठमाडौं: काठमाडौं उपत्यकामा सोमवार अपराध र दुर्घटना भएका छन्। केही अभियुक्त पक्राउ परेका छन्।

प्रहरी प्रधान कार्यालय नक्सालको केन्द्रीय प्रहरी समाचार कक्षका अनुसार हिजो चार वटा अपराध, तीन वटा दुर्घटना भएका छन्। त्यसैगरी ३ जना पक्राउ परेका छन्।

स्रोत नखुलेको नगद सहित पक्राउ

काठमाडौं महानगरपालिका-१४ कुलेश्वरबाट स्रोत नखुलेको नगद ६५ लाख ८ हजार रुपैयाँ सहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ। पक्राउ पर्नेहरुमा काठमाडौं महानगरपालिका-१४ कुलेश्वर बस्ने बारा जितपुरघर भएका ४७ वर्षीय रमेश सिंह र काठमाडौं कुलेश्वर बस्ने भारत घर भएका २५ वर्षीय रवि शंकर सिंह रहेका छन्।

उक्त स्थानमा अवैध नगद कारोबार गर्ने गरेको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त कालिमाटीबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त नगद सहित फेला पारी पक्राउ गरेको हो।

खोलाबाट बालुवा चोरी गरेको अभियोगमा पक्राउ

त्यसैगरी काठमाडौं महानगरपालिका-३२ जडिबुटीस्थित मनोहरा खोलाबाट बालुवा चोरी गरेको अभियोगमा काठमाडौं महानगरपालिका-३२ पेप्सीकोला बस्ने काभ्रे नमोबुद्ध नगरपालिका-३ घर भएका ४० वर्षीय बुद्ध लामा तामाङलाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ।

उक्त खोलामा बा.२ क९११ नम्बरको मिनी टिपरमा बालुवा लोड गर्ने क्रममा महानगरीय प्रहरी प्रभाग कोटेश्वरबाट खटिएको प्रहरीले फेला पारी टिपर सहित उनलाई पक्राउ गरेको हो।

विभिन्न धनमाल चोरी

त्यसैगरी काठमाडौं महानगरपालिका-३१ दोभानपुलस्थित ओम फर्निचरबाट टिभि,ल्यापटप तथा फर्निचर बनाउन प्रयोग हुने औजारहरु समेत गरी करिब १ लाख ७५ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ।

उक्त फर्निचरका संचालक सप्तरी हनुमाननगर कंकाल्नी गाउँपालिका-१४ घर भएका ३८ वर्षीय राज कुमार शर्मा २०७६ चैत्र १३ गतेदेखि फर्निचर बन्द गरी घर गएको अवस्थामा निजको आफन्तले सोमबार दिउँसो फर्निचर खोली हेर्दा उक्त मूल्य बराबरको धनमाल चोरी भएको थाहा हुन आएको थियो। चोरीमा संलग्न हाल फरार रहेका व्यक्तिको खोजी भइरहेको छ।

कीर्तिपुरमा नगद लुटपाट

कीर्तिपुर नगरपालिका-६ चोभारस्थित सडक छेउमा बसेको अवस्थामा बैतडी र डडेल्धुरा घर भएका दुई जना पुरुषको साथमा रहेको नगद ३० हजार रुपैयाँ सोमबार राति लुटपाट भएको छ। अपरिचित ५ जना व्यक्तिहरु आई दुवै जनालाई कुटपिट समेत गरी उक्त नगद लुटपाट गरी मोटरसाइकल र स्कुटरमा फरार भएको बताइएको छ। लुटपाटमा संलग्न हाल फरार रहेका व्यक्तिहरुको खोजी भइरहेको छ।

आगलागीबाट विभिन्न धनमाल जलेर नष्ट

त्यसैगरी काठमाडौं महानगरपालिका-१६ बालाजु औद्योगिक क्षेत्रभित्र रहेको जगदम्बा पोलिटेंक प्लास्टिक कारखानामा ग्रेन्डर मेसिनबाट आगोको झिल्का निस्की नजिकै रहेको प्लास्टिकको दानामा आगो सल्कन गई मंगलबार बिहान आगलागी हुँदा गेन्डर मेसिन तथा ८ टन प्लास्टिकको दाना समेत जलेर करिब १४ लाख रुपैयाँ बराबरको धनमाल नष्ट भएको छ।

त्यसैगरी भक्तपुरको मध्यपुरठिमी नगरपालिका-४ चारदोबाटोमा रहेको ट्राफिक आइल्यान्डमा सोमबार दिउँसो अचानक आगलागी हुँदा आइल्यान्डको माथिपट्टीको भाग जलेर क्षति भएको छ। आगलागीबाट भएको क्षतिको विवरण हाल खुल्न सकेको छैन।

पहिरोका कारण सडक अवरुद्ध

त्यसैगरी ललितपुरको बाग्मतीगाउँपालिका-३ पाङदुर डाँडास्थितमा सोमबार दिउँसो आएको सुख्खा पहिरोका कारण आश्राङ गिम्दी जाने बाटोमा अवरोध भएको छ। साथै उक्त पहिरोसँगै खसेको ढुंगाले बागमती गाउँपालिकाकोना.अ.प्र.ज.३५२ नम्बरको एम्बुलेन्सको पछाडिको सिसामा लागि क्षति भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell