PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

यी हुन् संक्रमणको उच्च जोखिम रहेका सात जिल्ला : पछिल्लो २४ घण्टामा कहाँ कति थपिए संक्रमित, कुन प्रदेशमा कति?



विधुर ढकाल

यी हुन् संक्रमणको उच्च जोखिम रहेका सात जिल्ला : पछिल्लो २४ घण्टामा कहाँ कति थपिए संक्रमित, कुन प्रदेशमा कति?

काठमाडौं : पछिल्लो २४ घण्टामा ३१६ जनामा संक्रमण पुष्टि भएको छ। २२ प्रयोगशालामा चार हजार ७११ जनाको स्वाब परीक्षण गर्दा ७१ महिला र २४७ पुरुषमा संक्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा एक हजार ६५७ महिला र ११ हजार ९०७ पुरुषमा संक्रमण पुष्टि भएको छ। संक्रमितको कुल संख्या १३ हजार ५६४ रहेको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए। 

संक्रमितमध्ये १० हजार ३४१ जना आइसोलेसनमा रहेका छन् भने ३ हजार १९४ जना उपचार पछि डिस्चार्ज भएका छन्। २९ जना संक्रमितको मृत्यु भएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ। 

कहाँ कति थपिए संक्रमित?

पछिल्लो २४ घण्टामा कोशी अस्पताल प्रयोगशालामा सप्तरीका ४, सिराहाका १०, उदयपुरका २, झापाका ५ र सुनसरीका २ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा गरिएको परीक्षणमा संखुवासभाका ३ जनामा संक्रमण पुष्टि भएको छ। 

गजेन्द्रनारायण सिंह अस्पताल राजविराजमा सप्तरीका २१ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला जनकपुरमा धनुषाका ३, रौतहटका ५, र महोत्तरीका २९ जनामा संक्रमण पुष्टि भएको छ। 

त्यस्तै, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकुमा गरिएको परीक्षणमा अछामका २७, बाजुराका १, काठमाडौंका २, रौतहटका २, स्याङ्जाका १, गुल्मीका १, सिन्धुपाल्चोकका २ र गोरखाका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, टेकुमै गरिएको परीक्षणमा सर्लाहीका ८, भक्तपुरका १ र बाग्लुङका १ जनामा संक्रमण पुष्टि भएको छ। 

पाटन अस्पताल प्रयोगशालामा गरिएको परीक्षणमा डडेलधुरा, काठमाडौं र ललितपुरका १/१ जनामा संक्रमण पुष्टि भएको छ। वीर अस्पताल प्रयोगशालामा अछाम र बैतडीका १/१ जना तथा डोटीका १५ जनामा संक्रमण पुष्टि भएको छ। 

त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा काठमाडौं र म्याग्दीका ९/९ जनामा संक्रमण पुष्टि भएको छ। 

पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान पोखरामा गरिएको परीक्षणमा कास्कीका ९ र लमजुङका ३ जनामा संक्रमण पुष्टि हुँदा प्रादेशिक प्रयोगशाला पोखरामा गरिएको परीक्षणमा स्याङ्जाका ३ र तनहुँका ६ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला रुपन्देहीमा गरिएको परीक्षणमा अर्घाखाँचीका ७ र पाल्पाका १८ जनामा संक्रमण पुष्टि भएको छ। राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा सल्यानका २ र दाङका २१ जनामा संक्रमण पुष्टि भएको छ। 

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा रुकुम पश्चिमका ८ बाजुराका ४८, दैलेखका र बाँकेका १ जनामा संक्रमण पुष्टि भएको छ। 

सेती अस्पताल प्रयोगशालामा बैतडीका ३, बाजुराका २ डडेलधुराका २ डोटीका १५ र कैलालीका ५ जनामा संक्रमण पुष्टि भएको छ।

कुन प्रदेशमा कति संक्रमित? 
 

हालसम्म संक्रमण पुष्टि भएकामध्ये सबै भन्दा बढी प्रदेश ५ र प्रदेश २ मा रहेका छन्। प्रदेश ५ मा संक्रमितको संख्या तीन हजार ८०७ पुगेको छ भने यहाँ पछिल्लो २४ घण्टामा ८२ जनामा ४७ जनामा संक्रमण पुष्टि भएको छ। 

त्यस्तै, प्रदेश २ मा आज ८२ जना संक्रमित थपिएका छन्। त्यहाँ ३ हजार ७९४ जना संक्रमण पुष्टि भएको छ। 

त्यस्तै, सुदूरपश्चिम प्रदेशमा संक्रमितको संख्या दुई हजार ४५७ पुगेको छ। यहाँ आज मात्र १२१ जना संक्रमित थपिएका छन्। त्यस्तै, कर्णाली प्रदेशमा संक्रमितको संख्या एक हजार ४६६ छ। यहाँ आज मात्र १३ जनामा संक्रमण पुष्टि भएको छ। गण्डकी प्रदेशमा संक्रमितको संख्या १०१७ छ। यहाँ आज २५ जनामा संक्रमण पुष्टि भएको छ। 

प्रदेश १ मा ५९५ जनामा संक्रमण पुष्टि भएको छ। यहाँ आज मात्र १२ जनामा संक्रमण पुष्टि भएको छ। सबै भन्दा कम वाग्मती प्रदेशमा संक्रमण छ। यहाँ ४२८ जनामा संक्रमण पुष्टि भएको छ। आज वाग्मती प्रदेशमा १६ जनामा संक्रमण पुष्टि भएको छ। 

यी हुन् सबै भन्दा बढी संक्रमित जिल्ला

हालसम्म संक्रमण पुष्टि भएकामध्ये प्रदेश २ मा तीन जिल्ला सबै भन्दा बढी प्रभावित छन्। महोत्तरी, रौतहट र सर्लाही गरी तीन जिल्लामा संक्रमितको संख्या ५ सय कटेको छ। प्रदेश ५ मा दाङ र कपिलवस्तुमा संक्रमितको संख्या ५ सय कटेको छ। कर्णाली प्रदेशको दैलेख र सुदुरपश्चिम प्रदेशको कैलालीमा पनि संक्रमितको संख्या पाँच सय माथि छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell