PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

नेकपा स्थायी समितिमा फेरियो एजेण्डाः ओलीको अभिव्यक्तिमा शीर्ष नेताको धारणा, निर्वाचन आयोगमा एमाले दर्ता हुन लागेकोबारे चर्चा



पहिलोपोस्ट

नेकपा स्थायी समितिमा फेरियो एजेण्डाः ओलीको अभिव्यक्तिमा शीर्ष नेताको धारणा, निर्वाचन आयोगमा एमाले दर्ता हुन लागेकोबारे चर्चा

काठमाडौँः सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को जारी स्थायी समिति बैठकको एजेण्डा फेरिएका छन् । शनिबारसम्म बैठकमा नेपाल भारत सीमा र अद्यावधिक नक्साका विषयमा छलफल भएको थियो। 

पार्टी प्रवक्ता नारायणकाजी श्रेष्ठका अनुसार मंगलबारदेखि एजेण्डा फेरिएका छन्। मंगलबार प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा आफूलाई हटाउने षडयन्त्र भएको भनेर दिएको अभिव्यक्तिले प्रवेश पाएको छ। उक्त विषयमा प्रधानमन्त्री ओली, अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलगायतका १८ जना सदस्यहरुले धारणा राखेका छन्। 

प्रधानमन्त्रीले अद्यावधिक नक्सा प्रकाशनपछि आफूलाई हटाउने षड्यन्त्र भइरहेको बताएका थिए। तर, स्थायी समितिमा प्रचण्डले अरुको षडयन्त्र नभएको र प्रधानमन्त्रीको राजीनामा आफैँले मागेको बताएका छन्।   

यस्तै, बैठकमा नकेपा एकीकृत हुनुअघिको नेकपा (एमाले) दर्ताका लागि निर्वाचन आयोगमा परेको निवेदनको विषयमा पनि छलफल भएको छ। उक्त नामबाट पार्टी दर्ताका लागि झापाकी सन्ध्या तिवारीले निवेदन दिएकोबारेमा छलफल भएको छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell