PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो



पहिलोपोस्ट

पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढ्यो

काठमाडौँः नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गरेको छ। निगमले पेट्रोल, डिजेल र मट्टीतेलको भाउ बढाएको हो। 
निगमले मंगलबार रातिदेखि लागू हुनेगरी मूल्य समायोजन गरेको जनाएको छ। 

निगमका अनुसार पेट्रोल र डिजेलमा ५ रुपैयाँ र मट्टीतेलमा २ रुपैयाँ मूल्य बढाइएको हो । 

नयाँ मूल्य अनुसार काठमाडौँमा अब पेट्रोल प्रतिलिटर १०१ रुपैयाँ कायम भएको छ। भने, डिजेल र मट्टीतेलको खुद्रा मूल्य ८७ कायम भएको छ। 
एलपी ग्यास र हवाई इन्धनको मूल्य भने यथावत छ। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell