PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

सरकारलाई खबरदारी स्वरुप पाटन दरबार क्षेत्रमा देखाइयो 'हाच्छिउँ साच्छिउँ'

सरकारलाई खबरदारी स्वरुप पाटन दरबार क्षेत्रमा देखाइयो 'हाच्छिउँ साच्छिउँ'

रोजन श्रेष्ठ/पहिलोपोस्ट


काठमाडौं : पाटन दरबार क्षेत्रमा मंगलवार कथा घेरा (कौसी थिएटर)ले सडक नाटक प्रदर्शन गर्‍यो। कोभिड-१९ रोकथाम र नियन्त्रणका लागि उचित पहल उठाउन सरकारलाई दवाव स्वरुप नाटक 'हाच्छिउँ साच्छिउँ' प्रदर्शन गरिएको हो।

देशभर कोरोना संक्रमितको संख्या बढिरहेको अवस्थामा प्रधानमन्त्री केपी शर्मा ओलीले 'हाच्छिउँ साच्छिउँ' गरेर कोरोना भाग्छ भनेर दिएको अभिव्यक्तिलाई लिएर विरोध भइरहेको बेलामा कृष्ण मन्दिर परिसरमा आज नाटक देखाइएको हो।

स्वतन्त्र र स्वैच्छिक पहलबाट सरकारलाई कोभिड-१९ ले निम्त्याएको कठिन समयमा जिम्मेवार र जवाफदेही बन्न यो नाटकले दवाव दिने कथा घेराले जनाएको छ।

विभिन्न किसिमको अन्यायका लागि निरन्तर संघर्ष गरिरहेकाहरुलाई सहयोग पुर्‍याउने उद्देश्यसहित नाटक प्रदर्शन गरिएको हो। सामूहिक निराशाको परिणाम स्वरुप प्रदर्शन गरिएको नाटकमा नेपालमा कोरोनाको कहर, क्वारेन्टिनहरुको अवस्था, सरकारको असक्षमता र छुवाछुतविरुद्ध प्रकाश पारिएको थियो।

 



ट्रेन्डिङ पोस्ट

Ncell