PahiloPost

Feb 22, 2025 | १० फागुन २०८१

जब काठमाडौंको आकाशमा देखियो सलह..

जब काठमाडौंको आकाशमा देखियो सलह..


काठमाडौं : देश कोरोनाको कहरसँग जुधिरहेको छ। खुकुलो ‘लकडाउन’ मा रमाइरहेको छ काठमाडौं। यसैबीच मंगलवार दिँउसो काठमाडौंको आकाशमा सलह कीरा देखियो। केही दिनअघि मात्रै नेपाल प्रवेश गरेको सलह कीरा आज काठमाडौंका विभिन्न क्षेत्रमा देखिएको हो।

काठमाडौंको बालाजु, मखन, बनस्थली, नयाँ बजार, बानेश्वर लगायतका क्षेत्रमा सलहको झुण्ड देखिएको स्थानीयले बताएका छन्। सामाजिक सञ्जालमा सलहको तस्विर खिचेर राख्ने , झुण्ड उडिरहेको लाइभ गर्नेहरु धेरैजना देखिए।

सलह देखिएको कुरा फैलिएपछि सडकमा मानिसहरुको भिड देखिन्थ्यो। घरघरमा मानिसहरु सलह धपाइरहेका समेत देखियो।

काठमाडौंको घरघरमा पुगेका सलहलाई स्थानीयले समातेको तस्विरहरु सार्वजनिक भएका छन्। साथै उडिरहेको सलहलाई कागले आहरा समेत बनाएको थियो।



ट्रेन्डिङ पोस्ट

Ncell