PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

फर्नान्डेज चम्किँदा म्यानचेस्टर युनाइटेडको सहज जित



पहिलोपोस्ट

फर्नान्डेज चम्किँदा म्यानचेस्टर युनाइटेडको सहज जित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा म्यानचेस्टर युनाइटेडले ब्राइटनमाथि सहज जित निकालेको छ। फाल्मर स्टेडियममा भएको खेलमा युनाइटेडले घरेलु टोलीलाई ३-० को फराकिलो अन्तरले हराएको हो।

युनाइटेडलाई खेलको १९ औं मिनेटमै बिसाकाको पासका मासन ग्रीनउडले गोल गर्दै अग्रता दिलाएका थिए। त्यस्तै पाउल पोग्बाको पासमा ब्रुनो फर्नान्डेजले गोल गर्दै २९ औं मिनेटमा युनाइटेडका लागि अर्को गोल थपे।

पहिलो हाफमा २-० ले अगाडि रहेको युनाइटेडका लागि दोस्रो हाफमा पनि फर्नान्डेजले नै अर्को गोल थपे। उनले ग्रीनउडको पासमा ५० औं मिनेटमा गोल गर्दा युनाइटेडले ब्राइटनमाथि ३-० को सहज जित निकाल्यो।

जितसँगै ३२ खेलबाट ५२ अंक जोडेको युनाइटेड तालिकाको पाँचौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ ब्राइटन ३३ अंकसहित १३ औं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell