PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

आजदेखि पेट्रोल पाँच रुपैयाँ महँगो, फेरि पनि बढ्ने तयारी



पहिलोपोस्ट

आजदेखि पेट्रोल पाँच रुपैयाँ महँगो, फेरि पनि बढ्ने तयारी

काठमाडौं : नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टितेलको मूल्य बढाएको छ। बुधवारदेखि लागू हुने गरी निगमले पेट्रोलमा लिटरमा पाँच रुपैयाँ बढाएको हो। डिजल र मट्टितेलको मूल्य भने दुई रुपैयाँले बढाएको छ।

निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य घट्दा लकडाउनकै अवधिमा पेट्रोल र डिजलमा प्रतिलिटर १० रुपैयाँ मूल्य घटाएको थियो। नयाँ मूल्य अनुसार उपभोक्ताले पेट्रोल प्रति लिटर १ सय १ रुपैयाँ र डिजल ८७ रुपैयाँ तिर्नुपर्नेछ।

निगमका प्रवक्ता विनितमणि उपाध्यायले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेको बताउँदै त्यही आधारमा केही पेट्रोलियम पदार्थको मूल्य बढाएको बताए। उनका अनुसार मूल्य बढाउँदा पनि निगमलाई पेट्रोल लिटरमा १६ पैसा घाटा छ भने डिजलमा १ रुपैयाँ ५१ पैसा नाफा छ। मूल्य बढेपछि निगमको नाफा १५ दिनमा १८ करोड रुपैयाँ हुने उपाध्यायले बताए।

सरकारले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ घटेको मौका छोप्दै पेट्रोलियम पदार्थमा भन्सार बढाएको थियो। त्यसको दबाब पनि मूल्यमा परेको हो। इन्डियन आयल कर्पोरेशन(आइओसी)ले जुन १५ मा पठाएको मूल्य अनुसार निगमले मूल्य बढाएको हो। जुलाईमा नयाँ मूल्य आउँछ। चार दिनपछि आउने मूल्य हेरेर फेरि पेट्रोलियम पदार्थको मूल्य घटबढ हुने निगम स्रोतले बतायो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell