PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

नेकपाका नेतालाई प्रदीप नेपालको सुझाव : स्वेच्छिक अवकाश लिनुस्



पहिलोपोस्ट

नेकपाका नेतालाई प्रदीप नेपालको सुझाव : स्वेच्छिक अवकाश लिनुस्

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टीका नेता तथा विश्लेषक प्रदीप नेपालले पार्टीका नेतृत्व लिने सबैलाई स्वेच्छिक अवकाश लिन आग्रह गरेका छन्।

नेकपा स्थायी कमिटीभित्र चर्को विवाद जारी रहेकै बेलामा नेता नेपालले फेसबुकमा 'देश, जनता र पार्टीको माया छ भने तपाईँहरु सबै स्वेच्छिक अवकाश लिनुस्' भनेका छन्।

पार्टी स्थायी कमिटी बैठकमा प्रधानमन्त्री केपी शर्मा ओली र बाँकी नेताबीचको कलहको लगातार सार्वजनिक भइरहेको छ। त्यस्तो अवस्थामा फेसबुकमा कार्यकर्ताको चिन्ता देखेपछि लेख्न वाध्य भएको उल्लेख गर्दै नेता नेपालले स्वेच्छिक अवकाश लिन भनेका हुन्।

विनासकाले विपरीत वुद्धि । आजको नेकपा।

Posted by Pradip Nepal on Tuesday, June 30, 2020

त्यसैगरी उनले नेताहरुलाई जग नहसाउन पनि सुझाएका छन्। 'साथीहरु, परिस्थिति बुझ्नुस्, तपाईंहरु आत्मालोचना त गर्नु हुन्न,' नेपालले लेखेका छन्, 'त्यसैले झगडा पनि नगर्नुस्, बरु केही नगरी चुपो लागेर बस्नुस्। तर, जग नहसाउनुस्।'

उनले यो देश नै श्रापित रहेछ भन्ने सन्देश कसैलाई नदिन समेत सुझाव दिएका छन्।

साथीहरु,परिस्थिति बुझ्नुस, तपाईंहरु आत्मालोचना त गर्नु हुन्न, त्यसैले झगडा पनि नगर्नुस् ,बरु केही नगरी चुपो लागेर बस्नुस...

Posted by Pradip Nepal on Tuesday, June 30, 2020

उनले आजको नेकपालाई विनाशकाले विपरित बुद्धि भन्दै आलोचना समेत गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell