PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या ९९४



पहिलोपोस्ट

गण्डकी प्रदेशमा थप २८ जनामा कोरोना पुष्टि, प्रदेशमा संक्रमितको संख्या ९९४

काठमाडौं : गण्डकी प्रदेशका ६ जिल्लामा थप २८ जनामा कोरोना संक्रमित पुष्टि भएको छ।

विभिन्न प्रयोगशालामा गरिएको परीक्षणमा २८ जनामा कोरोना पोजेटिभ देखिएको हो। नवलपरासी,गोरखा, कास्की,स्याङ्जा, बाग्लुङ् र तनहुँमा संक्रमित बिरामी फेला परेका हुन्।

नवलपरासीमा १२ जना, गोरखामा ३, कास्कीमा १,स्याङ्जामा ८, बाग्लुङ ३ र तनहुँमा १ जनामा कोरोना भेटिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

योसँगै गण्डकी प्रदेशमा कोरोना संक्रमित बिरामीको सङ्ख्या ९ सय ९४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell