PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

घेराबन्दीमा परेका प्रधानमन्त्रीको आफू निकट मन्त्री र स्थायी कमिटी सदस्यसँग छलफल



पहिलोपोस्ट

घेराबन्दीमा परेका प्रधानमन्त्रीको आफू निकट मन्त्री र स्थायी कमिटी सदस्यसँग छलफल

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओलीले आफू निकट मन्त्री र स्थायी कमिटी सदस्यहरुसँग छलफल गरेका छन्।

पार्टीभित्र घेराबन्दीमा परेपछि ओली छलफलमा जुटेका हुन। मंगलवार स्थायी कमिटी बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसहितका नेताहरुले ओलीलाई दुवै पदबाट राजीनामा दिन भनेका थिए।

पछिल्लो परिस्थितिका विषयलाई लिएर ‌ओलीले बिहानै छलफल थालेका हुन्।

क्याविनेटका अधिकांश मन्त्रीबाहेक उनले गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङ, प्रदेश ५ का मुख्यमन्त्री शंकर पोखरेल, संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ लगायतसँग छलफल गरिरहेका छन्।

ओलीले मदन भण्डारी फाउण्डेशनको कार्यक्रममा दिल्लीले आफूलाई सरकारबाट हटाउन लागि परेको बताएका थिए।

पार्टी कमिटी बैठक जारी रहेका बेला सार्वजनिक कार्यक्रममा उक्त अभिव्यक्ति दिएपछि मंगलवारको बैठकको एजेण्डा बनेको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell