काठमाडौं : कोरोना सङ्क्रमण देखिएका महानगरीय अपराध महाशाखामा कार्यरत प्रहरी उपचारपछि घर फर्किएका छन्।
मङ्गलवार उनी टेकु अस्पतालबाट घर फर्किएको महाशाखाका एसपी ईश्वर कार्कीले जानकारी दिए।
'अन्तिम पटक गरेको परीक्षणमा नेगेटिभ आएपछि अस्पतालबाट घर फर्किएका हुन्,' एसपी कार्कीले भने।
कार्यालय सहयोगीका रूपमा खटिएका प्रहरीमा कोरोना देखिएको थियो। पाँच दिनअघि उनलाई अस्पताल लगिएको थियो।
लकडाउनअघि उनी खोटाङ गएर फर्किएका थिए। उनी काठमाडौँ फर्किएर महाशाखाको क्वारेन्टाइनमा राखिएको थियो। उनीसँग सम्पर्कमा आएका अन्य पाँच जनाको पनि पीसीआर परीक्षण गरिएको थियो। उनीहरूको रिजल्ट नेगेटिभ आएको एसपी कार्कीले जानकारी दिए।
