PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

पूर्व सञ्चारमन्त्री बास्कोटाको घरमा विस्फोट गराएको आरोपमा विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ



पहिलोपोस्ट

पूर्व सञ्चारमन्त्री बास्कोटाको घरमा विस्फोट गराएको आरोपमा विप्लव समुहका जिल्ला सेक्रेटरी पक्राउ

काठमाडौं : पूर्व सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बास्कोटाको घरमा बम विस्फोटमा संलग्न भएको आरोपमा प्रहरीले नेत्रविक्रम चन्द 'विप्लव' नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीका एक नेतालाई पक्राउ गरेको छ।

महानगरीय प्रहरी परिसर ललितपुरको टोलीले भक्तपुर जिल्ला सेक्रेटरी ऐन बहादुर शाहीलाई पक्राउ गरेको छ। उनीबिरुद्ध मंगलवार नै अदालतबाट म्याद थप गरी अनुसन्धान भइहरेको परिसरका डीएसपी दिपक गिरीले जानकारी दिए।

'पूर्वमन्त्री बास्कोटाको घरमा विस्फोटमा संलग्न भएको जानकारी आएकाले खोजी गरिरहेका थियौं। अहिले पक्राउ गरेर म्याद थप गरी अनुसन्धान गरिरहेका छौं,' डीएसपी गिरीले भने।

लोकन्थलीस्थित बास्कोटाको निर्माणाधीन घरमा फागुन २८ गते बिहान बम विस्फोट भएको थियो। विस्फोटको आरोपमा प्रहरीले विप्लव समूहका ४ जनालाई यसअघि नै पक्राउ गरिसकेको छ। जसमा ३ जनालाई अदालतले पूर्पक्षको लागि थुनामा पठाएको छ भने एक जना साधारण तारिकमा छोडेको थियो। 

७० करोडको टेप प्रकरणसँगै बास्कोटाले राजीनामा दिएका थिए। उनी प्रधानमन्त्री ओलीका नजिकका मानिन्छन्।

 

 

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell