काठमाडौं : भरतपुर अस्पतालमा परीक्षण गरिएकामध्ये २५ जनामा कोभिड-१९ को संक्रमण पुष्टि भएको छ। १०१ नमुना परीक्षण गरिएका मध्ये २५ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
भरतपुरका विभिन्न अस्पतालमा उपचार गराइरहेका पाँच जनामा पनि संक्रमण पुष्टि भएको अस्पतालले जनाएको छ।
भरतपुर अस्पतालमा उपचाररत माडी ५ र ३ का २५ र ७३ वर्षका २ पुरुष, सेन्ट्रल अस्पतालमा उपचारमा रहेका गोर्खा मनकामना बस्ने ३० वर्षकी महिला र नारायणी सामुदायिक अस्पतालमा उपचारमा रहेका भमनपा ७ का ६१ वर्षका पुरुष रहेका छन्। त्यस्तै सोही अस्पतालमा उपचाररत राप्ती नगरपालिका १ की १२ वर्षकी बालिकामा पनि संक्रमण पुष्टि भएको छ।
अस्पतालमा उपचाररत विरामीमा संक्रमण पुष्टि भएसँगै भरतपुर अस्पतालले विरामीलाई रेफर गर्दा अस्तालसँग समन्वय गर्नसमेत भनेको छ। भरतपुर अस्पतालमा विरामी रेफर गर्नु अगाडि अस्पतालका क्लिनिकल कोअर्डिनेटर डाक्टर प्रमोद पौडेलसँग समन्वय गरेर मात्र रेफर गर्न अस्पतालले भनेको छ।
यसअघि नारायणी सामुदायिक अस्पतालको आइसीयुमा भेन्टिलेरसहित उपचार गराइरहेका एक जनामा संक्रमण पुष्टि भएसँगै हतरामा भरतपुर अस्पतालमा रेफर गरेकै दिन मृत्यु भएको थियो।
त्यस्तै, भरतपुर अस्पतालमा आज गरिएको परीक्षणमा संक्रमण पुष्टि हुनेमा भरतपुर महानगरपालिका वडा नं. ७ र २२ बस्ने वर्ष २६ र ५० का २ पुरुष र भरतपुर ११ की ४५ की एक महिलामा पनि संक्रमण पुष्टि भएको छ। भमनपा ९,४,२२,२५ र २६ बस्ने वर्ष ४८,४०,२१,२५,२६ ,र २२ का ६ जना पुरुषमा पनि कोभिड-१९ को संक्रमण पुष्टि भएको छ।
त्यस्तै दमक ३ बस्ने वर्ष ३५ को एक जना महिलामा पनि संक्रमण पुष्टि भएको छ। गैडाकोट नगरपालिका बस्ने विभिन्न उमेर समूहका २ महिलासहित ८ पुरुष गरी जम्मा १० जनामा संक्रमण पुष्टि भएको छ।
