PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

संकटमा परेका ‌ओलीसँग छलफलपछि मन्त्री योगेश भट्टराई : 'प्रोक्सी वार' बन्द गरौं



पहिलोपोस्ट

संकटमा परेका ‌ओलीसँग छलफलपछि मन्त्री योगेश भट्टराई : 'प्रोक्सी वार' बन्द गरौं

काठमाडौं : नेपाल कम्युनिस्ट पार्टी (नेकपा) का शीर्ष नेताहरुले नै दुवै पदबाट राजीनामा दिन माग गरेपछि अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले केही स्थायी कमिटी सदस्यसँग परामर्श गरेका छन्।

आज बिहानको परामर्शमा पार्टी एकतालाई बचाउन र अन्तरविरोध को अन्य गर्न सुझाव दिएको स्थायी कमिटी सदस्य तथा पर्यटन मन्त्री योगेश भट्टराईले जानकारी दिए।

'पार्टीभित्र देखिएका समस्याका बारेमा परामर्श गर्न स्थायी कमिटीका साथीहरुलाई अध्यक्ष तथा प्रम कमरेड केपी ओलीले आज बिहान बोलाउनु भयो। बाँकी नेता र सदस्यहरुसँगै पनि परामर्श गर्ने प्रमले बताउनु भयो जुन सकारात्मक छ,' भट्टराईले फेसबुकमा लेखेका छन्।

बैठकमा सहभागी भएकाहरुले एकतावद्ध वातावरण बनाउन र संकटको अन्य गर्न सुझाएका छन्।

'सहभागीहरुले कुनै पनि हालतमा पार्टी एकतालाई बचाउन्, अन्तर विरोधको समाधानका लागि पहल गर्न, इतिहास र नेपाली जनताले दिएको जिम्मेवारीलाई पूरा गर्दै पार्टीलाई थप नयाँ जगमा अझ सुदृढ र एकताबद्ध बनाउन, विश्वासको संकटलाई अन्त्य गरी हार्दिक र कमरेड्ली भावनाको विकास गर्न प्रमलाई सुझाब दिनुभएको छ,' छलफलबारे भट्टराईले भनेका छन्।

उनले अब सकारात्मक दिशामा जाने आशा गरौ भन्दै 'प्रोक्सी वार' बन्द गर्नुपर्ने बताएका छन्।

छलफलमा प्रधानमन्त्री ओलीले पार्टी र सरकारको अवस्था गम्भीर भएको भन्दै सुझाव दिन आग्रह गरेका थिए।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत आइतवार आफूलाई सरकारबाट हटाउन लागि परेको बताएपछि मंगलवारको बैठकको एजेण्डा नै बनेको थियो। बैठकमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड लगायतका नेताहरुले राजीनामा माग गरेका थिए।

स्थायी कमिटी सदस्यहरुको छलफलपछि ओलीले अर्का अध्यक्ष प्रचण्डसँग छलफल थालेका छन्। अहिले दुई अध्यक्षबीच छलफल भइरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell