PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

दीपकराज गिरी भन्छन् : अन्तर्वातादेखि होसियार, आफ्नो व्यक्तित्व आधा घण्टाको अन्तर्वातामा स्वाहा नपारौं



पहिलोपोस्ट

दीपकराज गिरी भन्छन् : अन्तर्वातादेखि होसियार, आफ्नो व्यक्तित्व आधा घण्टाको अन्तर्वातामा स्वाहा नपारौं

काठमाडौं :  दीपकराज गिरीले कलाकारहरुलाई अन्तर्वातादेखि होसियार रहन सुझाव दिएका छन्। पछिल्लो समय सामाजिक सञ्जालदेखि सञ्चार माध्यमसम्ममा कलाकारहरुको अन्तर्वाताका भिडियो ट्रोल बनिरहँदा उनले फेसबुक पोस्ट लेख्दै मिडियाको अन्तर्वाता लिने प्रस्तावलाई कहिले काही 'नाई' भन्न सक्नुपर्ने बताएका छन्।

लकडाउन यता अनलाइन वा सेटमै गएर अन्तर्वाता दिएका, आफ्नो भनाइ राखेका कलाकारहरु विवादमा मुछिएका छन्। अभिनेत्री वर्षा राउतले भारत/नेपाल सीमा विवाद आवश्यक छलफल गरेर टुङ्ग्याउनु पर्ने बताउँदा उनी विवादमा तानिइन्। उनको विरोध भयो। ट्रोल बनिन्।

त्यस्तै अभिनेत्री पूजा शर्मा एक टिभी अन्तर्वातामा देशमा कति वटा प्रदेश/जिल्ला छन् भन्ने प्रश्नको जवाफ दिन नसक्दा ट्रोलको शिकार बनिन्।

दीपकले लेखेका छन्,'कोही सुपरस्टार को हो भन्ने बारेमा चिप्लिए। कोही नेपोटिज्मका बारेमा। कोही केमा कोहि केमा।'

उनले यो सबै हुनुमा कलाकारहरुले मिडियालाई 'नाई' भन्न नसक्ने बानीलाई कारण मानेका छन्।  
'पत्रकार भाइले फोन गर्‍यो 'लौ इन्टर्भ्यू दिन पर्‍यो' भन्यो, क्यामाराको ढक्कन खोल्यो र सुरू भैहाल्यो - टेडा मेडा प्रश्नको झटारो। हामी कलाकार बीना तयारी पत्रकार रिसाउँलान् भनेर बोल्न सुरू गर्छौ', लेखेका छन्,'जसो जसो अन्तर्वाता अगाडि बढ्छ, हामी कलाकारको जिब्रो चिप्लिन थाल्छ। व्यवसायिक पत्रकार मनमनै खुशी हुन थाल्छ
आहा, ओहो, टिआरपी।'

पछि तिनै अन्तर्वाता भाइरल हुने, त्यसैको आधारमा विरोध र ट्रोल हुने जनाउँदै कलाकारलाई अन्तर्वाताका लागि 'सेलेक्टिभ' हुन आग्रह गरेका छन्।

भनेका छन्,'सबै पत्रकारको नियत राम्रो हुँदैन।'

उनले एउटा विषयमा अन्तर्वाता लिन बोलाएर पछि कलाकारको ज्ञानको दायरा नाप्न खोज्ने पत्रकारको क्षमतामाथि पनि प्रश्न गरेका छन्। टिआरपी र हेडलाइनका लागि जोड दिने पत्रकारको ट्र्यापमा आफूहरु पर्न नहुने उनको कथन छ।

त्यस्ता पत्रकारहरुका लागि २४ घण्टा उपलब्ध भइदिनु, प्रचारको नाममा पत्रकारसँग सीमा नराख्नु, सस्तो बनिदिनु कलाकारको कमजोरी भएको बताएका छन्।

दीपकराज गिरीले कलाकारलाई अन्तर्वाताका लागि प्रस्ताव आउँदा होसियार रहन र सकेसम्म टार्न सल्लाह दिएका छन्। 'टार्न नसके पत्रकारसँग आवश्‍यक छलफल गरौं। तयार भएर मात्र अन्तर्वाता दिऔं। आफ्नो व्यक्तित्व आधा घण्टाको अन्तर्वातामा स्वाहा नपारौं।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell