PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’को इटाली प्रिमियर तय



पहिलोपोस्ट

नेपाली सर्ट फिल्म ‘जुनुको जुत्ता’को इटाली प्रिमियर तय

काठमाडौं : नेपाली सर्ट फिल्म 'जुनुको जुत्ता' इटालीमा देखाइने भएको छ। निर्देशक केदार श्रेष्ठल फिल्म त्यहाँको 'सर्ट्स इन्टरनेशनल फिल्म फेस्टिभल'का लागि छनौट भएको पुष्टि गरेका छन्

फिल्मले 'इन्टरनेशनल सर्ट फिल्म फेस्टिभल ओवरहोउसेन'को ६६ औं संस्करणमार्फत् अन्तर्राष्ट्रिय प्रिमियर भएको थियो।

‘जुनुको जुत्ता’ जुत्ता’ चप्पल उल्टो लगाउने एक बालिकाको कथा हो। उनको वरिपरीका आमा, शिक्षक लगायतबाट चप्पल ‘सुल्टो’ नलगाउँदा गाली पाउँछिन्। र, चप्पल उल्टो नलगाउने उपायको खोजीमा लाग्छिन्।

फिल्ममा ५ वर्षीय हिस्सी लामा, याङ्जी लामा शेर्पा, पासाङ ल्हमू लामा, खड्क कुमारी लगायतको अभिनय छ। सरुण मानन्धरले खिचेको फिल्ममा यशु श्रेष्ठको कथा र निर्देशक श्रेष्ठको पटकथा रहेको छ।

ह्यापी ह्यूज प्रोडक्सन, थिएटर मल र थिएटर सेन्टर फर चिल्ड्रेन नेपालको संयुक्त निर्माण रहेको ‘जुनुको जुत्ता’लाई विप्लपराज पोखरेलले सम्पादन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell