PahiloPost

May 5, 2024 | २३ बैशाख २०८१

भोजपुरी अभिनेत्री रानी चटर्जीले दिइन आत्महत्याको धम्की, को हुन यिनलाई सताउने?



पहिलोपोस्ट

भोजपुरी अभिनेत्री रानी चटर्जीले दिइन आत्महत्याको धम्की, को हुन यिनलाई सताउने?

भोजपुरी अभिनेत्री रानी चटर्जी आत्महत्या गर्न बाध्य हुने धम्की दिएकी छन्।

सुशान्तसिंह राजपुतको आत्महत्याले बलिउड शोकमा रहेका बेला मंगलवार फेसबुकमा लामो स्टाटस लेख्दै रानीले आफू डिप्रेशनबाट गुज्रिरहेको र अब सहने शक्ति नभएको उल्लेख गरेकी छ्न्।

फेसबुकमा उनले एक पुरुषको तस्बिर सार्वजनिक गरेकी छिन्। उनको नाम हो धनंजय सिंह। सिंहले आफूलाई तनाव दिइरहेको र आफू डिप्रेशनमा जानुको कारण धनंजय नै भएको रानीले उल्लेख गरेकी छिन्।

डिप्रेशनले आफू धेरै डिस्टर्ब भएको र अधिकांश समय बलियो र सकारात्मक बन्ने प्रयास गर्दा हुन नसकेको उनको भनाई छ।

‘यी व्यक्ति (धनंजय सिंह) कैयौ वर्षदेखि फेसबुकमा मेरो बारेमा एकदमै गलत कुरा लेखिरहेका छन्। मैले धेरै नै इग्नोर गर्ने प्रयास गरे। धेरै व्यक्तिसँग कुरा गर्दा इग्नोर गर भने। तर म पनि त मान्छे हुँ। म मोटी हुँ, बुढी हुँ वा कुनै काम गर्छु भने उनी यति भद्दा कुरा लेख्छन्। मानिसहरु मलाई यी सबै कुरा पठाउँछन् र भन्छन्, इग्नोर गर। अब हुन सक्दैन इग्नोर,' उनले भनेकी छन्।

आफू वर्षौदेखि धनंजय सिंहको कुरालाई लिएर मानसिक तनावबाट गुज्रिरहेको भन्दै रानीले भनेकी छिन्, ‘शायद ती व्यक्ति चाहन्छन् कि म आफ्नो ज्यान दिउँ। उनका कारण मेरो जीवनमा धेरै तनाव छ।’

मुम्बई प्रहरीले भने आफ्नो उजुरीलाई गम्भीरताका साथ नलिएको भन्दै रानीले चेतावनी दिएकी छिन्, ‘यदि मैले कुनै कदम चाले भने त्यसको जिम्मेवार धनंजय सिंह हुनेछ।’

‘मैले हरेस खाइसकेकी छु। अब हिम्मत बाँकी छैन। या त मैलै आत्महत्या गर्नुपर्छ। किनकि म धनंजय सिंहका कारण वर्षौदेखि निकै खराब डिप्रेशनबाट गुज्रिरहेकी छु। अब अझ सहन सक्दिन,' उनले थपेकी छिन्।

रानी चटर्जीले भोजपुरी फिल्म उद्योगमा ३ सय भन्दा बढी फिल्ममा काम गरिसकेकी छिन्।

#depression मै बहुत ज़्यादा अब डिस्ट्रब हो चुकी हूं अक्सर मैं स्ट्रॉन्ग बने रहने की और पोजिटिव बने रहने की बात करती हूं...

Posted by Rani Chatterjee on Tuesday, June 30, 2020



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell