PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

सुशान्तसिंह राजपुतको भिसेरा रिपोर्ट आयो



पहिलोपोस्ट

सुशान्तसिंह राजपुतको भिसेरा रिपोर्ट आयो

बलिउड अभिनेता सुशान्तसिंह राजपुतको भिसेरा रिपोर्ट सार्वजनिक भएको छ। धेरैले उनको हत्या गरिएको आशंका गरेका बेला भिसेरा रिपोर्ट सार्वजनिक भएको हो।

यसअघि अन्तिम पोस्टमार्टम रिपोर्टले उनको निधन आत्महत्या अर्थात झुण्डिएर भएको प्रष्ट पारिसकेको छ। अब भिसेरा रिपोर्टले थप स्पष्ट पारेको छ।

भिसेरा रिपोर्टमा मृतकको पेटभित्रबाट स्याम्पल लिइन्छ। जसबाट शरीरमा कुनै नशालु वा विषालु पदार्थ थियो कि थिएन भन्ने पत्ता लाग्छ।

सुशान्तको भिसेरा नमुना मुम्बईको जेजे अस्पतालमा पठाइएको थियो। रिपोर्टले सुशान्तको शरीरमा कुनै पनि नशालु र विषालु पदार्थ नभएको देखाएको छ।

यसअघि पोस्टमार्टम रिपोर्टले उनको शरीरमा कुनै पनि स्ट्रगलका मार्क्स नरहेको देखाएको थियो। यस आधारमा मुम्बई पुलिसले सुशान्तको निधन पूर्ण रुपमा आत्महत्या भएको निष्कर्ष निकालेको छ।

सुशान्तले जुन १४ मा मुम्बईस्थित आफ्नो घरमा फाँसी लगाएर आत्महत्या गरेका थिए। बलिउडमा गुटबन्दी र नेपोटिजमको शिकार हुँदा डिप्रेशनमा गएका कारण सुशान्तले आत्हमत्‍याको बाटो रोजेको बताइँदै आएको छ। प्रहरीले अनुसन्धान यो पाटोतिर लगेको छ। कैयौ मानिससँग सोधपुछ गरिसकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell