PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

कोरोनामुक्त भएपछि टम हङ्सले भने : ग्रेहाउन्ड ठूलो पर्दामा नआउनु दु:खद्



पहिलोपोस्ट

कोरोनामुक्त भएपछि टम हङ्सले भने : ग्रेहाउन्ड ठूलो पर्दामा नआउनु दु:खद्

लस एन्जेल्स : हलिउडका चर्चित अभिनेता टम हङ्स कोरोनामुक्त भएका छन्। कोरोनामुक्त भएसँगै अभौतिक प्रेस मिट आयोजना गरेका उनले भने, 'हामी खराब अवस्थामा थिएनौं तर १० दिन असहज महसुस भएको थियो तर अवस्था जोखिमपूर्ण भने थिएन।'

कोभिड १९ को संक्रमणपछिको अवस्थाबारे हलिउड अनभिज्ञ रहेको उनले बताए। 'कहिले फिल्म उत्पादनको काम सुरु हुन्छ हलिउडसँग कुनै आइडिया छैन,' उनले भने।

फरेस्ट गम्प र फिलाडेल्फियाबाट ओस्कर अवार्ड जितेका हलिउडका चर्चित अभिनेता हङ्स पहिलो हाइ प्रोफाइल कोरोना संक्रमित हुन्।

कोरोना संक्रमणपछि हलिउडका प्रोडक्सनहरु पूरै ठप्प छन्। त्यो अवस्थामा तत्काल सुधार आउने अपेक्षा उनीसँग छैन। 'मलाई पनि थाहा छैन कहिलेदेखि म काम गर्न जाने छु,' उनले भने, 'म मात्र होइन, कसैलाई पनि थाहा छैन कहिले उनीहरु पनि काममा फर्किने छन्।'

अहिले हङ्स सामाजिक दुरी कायम राख्दै आइसोलेसनमा छन्।

लस एन्जल्समा कोरोना संक्रमितको संख्या थप बढेपछि सिनेमा घर तथा अन्य व्यवसाय सुरु गर्ने सम्भावना घट्दै गएको छ। दोस्रो विश्वयुद्धमा आधारित हङ्सको बहुप्रतिक्षित फिल्म ग्रेहाउन्ड ठूलो पर्दामा नआउने निश्चित भइसकेको छ। फिल्म निर्माता कम्पनी सोनीले यसलाई एप्पल टिभी प्लसबाट रिलिजन अनुमति दिइसकेको छ।

उनले फिल्म पर्दमा नआउनुलाई दुखद् भनेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell