PahiloPost

Apr 18, 2026 | ५ बैशाख २०८३

अमेरिकामा थप ४ प्रकारको कोरोना भाइरसको खोप परीक्षण, जनवरीभित्र ३० करोड भ्याक्सिन उत्पादनको लक्ष्य



रासस

अमेरिकामा थप ४ प्रकारको कोरोना भाइरसको खोप परीक्षण, जनवरीभित्र ३० करोड भ्याक्सिन उत्पादनको लक्ष्य

वासिङ्टन : संयुक्तराज्य अमेरिकाको खाद्य तथा औषधि प्रशासन (एफडीए) ले कोरोना भाइरसको भ्याक्सिनको क्लिनिकल परीक्षणका लागि अनुमति दिएको छ।

एफडिएका प्रमुख स्टिफेन हानले चार किसिमका खोपहरुको क्लिनिकल परीक्षणका लागि अनुमति दिइएको जानकारी दिए। उनले अरु ६ किसिमका खोप पनि परीक्षणको क्रममा रहेको बताए।

अमेरिकी प्रशासनले सन् २०२१ को जनवरीसम्ममा कोभिड–१९ का लागि ३० करोड भ्याक्सिन उत्पादन गरी बितरण गर्ने लक्ष्य राखेको छ।

यसैबीच, अमेरिकी संक्रामक रोग विज्ञ एन्थोनी फाउचीले अमेरिकामा सुरक्षित र कामकाजी किसिमको भ्याक्सिन तयार हुनेमा अझै आशावादी हुने लक्षण नदेखिएको चेतावनी दिएका छन्।

उनले भ्याक्सिनका प्रभावकारिता सम्बन्धी विवरणहरु आगामी वर्षको शुरुतिर मात्र प्राप्त हुने पनि जानकारी दिए। एएनआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell