PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

वीरगंजका होटल सञ्चालन गर्नु पर्ने माग गर्दै व्यवसायीले बुझाए ज्ञापन पत्र, घरभाडा र बहाल करमा छुटको माग



राधेश्याम पटेल

वीरगंजका होटल सञ्चालन गर्नु पर्ने माग गर्दै व्यवसायीले बुझाए ज्ञापन पत्र, घरभाडा र बहाल करमा छुटको माग

वीरगंज : वीरगंजका होटल व्यवसायीले होटल सञ्चालन गर्न पाउनु पर्ने माग गरेका छन्। होटल तथा पर्यटन व्यवसायी संघ पर्साले केन्द्र तथा स्थानीय सरकारसँग यस्तो माग गरेको हो।

संघले बुधवार प्रमुख जिल्ला अधिकारी तथा वीरगंज महानगरका मेयरलाई छुुट्टाछुट्टै ज्ञापनपत्र बुझाई यस्तो माग गरेका छ। संघका अध्यक्ष हरी पन्तसहितको होटल तथा  पर्यटन व्यवसायीको टोलीले प्रमुख जिल्ला अधिकारी विष्णु कुुमार कार्की र मेयर विजय कुमार सरावगीलाई ज्ञापनपत्र बुझाएको थियो।

ज्ञापनपत्रमा कोरोना महामारीको कारण जारी लकडाउनले गर्दा वीरगंजकोे होटल तथा पर्यटन व्यवसायमा अपुुरणनिय क्षति भएकाले आफूहरुकोे मर्का बुुझेर अविलम्ब व्यवसाय सञ्चालनको वातावरण बनाइदिन आग्रह गरिएको छ।

व्यवसायीहरुले नियमानुसार सामाजिक दुरी कायम गरी/गराइ होटल रेस्टुरेन्ट क्षेत्रलाई तत्कालै खोल्ने वातावरण बनाउन स्थानीय प्रशासनसँग समन्वयकारी  भूमिका निर्वाह गर्न माग गरेका छन्।

चालु आवमा लकडाउनले गर्दा होटल तथा पर्यटन व्यवसायमा अकल्पनिय क्षति भएकाले चालु आवको महानगरपालिकाले लिदै आएको घर बहाल कर, व्यवसाय कर तथा फोेहोर कर पूर्ण रुपमा मिनाहाको माग समेत ज्ञापनपत्रमा गरिएको छ। यसका साथै भाडामा सञ्चालित होटलहरुको लकडाउन अवधिभरको भाडा पूर्ण मिनाहा एवम् त्यसपछि व्यवसायकोे स्थिति हेरी सामान्य अवस्थामा आइ नपुग्दासम्म आधा घरभाडा मिनाहाकोे लागि सम्बन्धित घर धनीहरुलाई आह्वान गर्न पनि माग गरिएको छ।

प्रजिअ कार्कीले सरकारले नै तत्कालका लागि होटेल तथा रेष्टुरेन्ट बन्द राख्न आह्वान गरेकोे अवस्थामा आफूले खोल्न अनुमति दिन नसक्ने बताए। मेयर सरावगीले गृह मन्त्रालयलगायत अन्य सरोकारवाला निकायलाई वीरगंजका होटल व्यवसायीको माग बारे अविलम्ब जानकारी गराउने प्रतिबद्धता जाहेर गरे। वीरगंजका मेयरले होटल व्यवसायीको समस्या बारे स्थानीय प्रशासनसँग समन्वय गर्न पहल गर्ने बताए।

सो क्रममामा होटल सञ्चालकहरु अनिल रुंगटा, सुरेन्द्रलाल श्रेष्ठ, जगरनाथप्रसाद कलवार, कुनाल श्रेष्ठ, रचेन्द्रसिंह थापा, कुमार श्रेष्ठ, माधव बस्नेत, हिरा श्रेष्ठलगायतको सहभागिता थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell