PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आमा-छोराको मृत्यु



पहिलोपोस्ट

मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुँदा आमा-छोराको मृत्यु

जनकपुरधाम : धनुषाको क्षिरेश्वरनाथ नगरपालिका वडा नम्बर ४ हरैयामा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।

धनुषाको महेन्द्रनगरबाट जनकपुरतर्फ गइरहेको ज ३ प ७०४२ नम्बरको मोटरसाइकल हरैयामा अनियन्त्रित भएर दुर्घटना हुँदा आमा-छोराको मृत्यु भएको हो।

मृत्यु हुनेमा जनकपुरधाम उपमहानगरपालिका वडा नम्बर २० देवपुरा बस्ने ४५ वर्षीय धर्मादेवि शर्मा र २८ वर्षीय नविन शर्मा रहेको प्रहरीले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell