PahiloPost

Apr 19, 2024 | ७ बैशाख २०८१

राजेश हमाललाई भगवान बनाउने पक्षमा छैन भन्दै दीपाश्रीले फ्यानसँग मागिन् माफी



पहिलोपोस्ट

राजेश हमाललाई भगवान बनाउने पक्षमा छैन भन्दै दीपाश्रीले फ्यानसँग मागिन् माफी
फोटो : Deepa Shree Niraula/Facebook

कलाकार दीपाश्री निरौलाले दर्शकसँग माफी मागेकी छिन्। उनले महानायकका रुपमा राजेश हमालले चलचित्र क्षेत्रको पीडामा राहत दिने काम नगरेको भन्दै आलोचना समेत गरेकी छिन्। उनले आफू राजेश हमाललाई भगवान नै मान्नुपर्छ भन्ने पक्षमा नरहेको उल्लेख गरेकी छिन्।

‘मैले चलचित्र क्षेत्रको महानायक भएपछि चलचित्र क्षेत्रमा परेको बिषम परिस्थितिमा एउटा अभिभावकको भूमिका निर्वाह गरेर, आफूलाई वर्षैँदेखि सहयोग गरेका प्राविधिकलाई परेको पीर मर्कामा सहयोगी किन हुन सक्नु भएन भन्ने आशयले बोलेको हुँ’, उनले फेसबुकमा भनेकी छिन्, ‘तथापी मेरो अभिव्यक्तिले उहाँ सुपरस्टार नै होइन भन्ने बुझिन गएकोमा भने म सबै हमालज्यूको फ्यानहरूसँग माफी माग्दछु।’

उनले अगाडि लेखेकी छिन्, ‘हमालज्यू सुपरस्टार हुनुहुन्थ्यो, हुनुहुन्छ र पछिसम्म रहिरहनु हुनेछ। तर, उहाँले महानायकको हिसाबमा चलचित्र क्षेत्रको पिडामा मलम पनि लगाउन सक्नुपर्छ नत्र त्यो पदमा शंका उत्पन्न हुन्छ पनि भन्न नपाइने गरेर उहाँलाई भगवान नै बनाउने पक्षमा म थिइन र छैन।’

यस्तो छ दीपाश्रीको स्पष्टिकरण :

 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell