PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

स्नातक तथा स्नातकोत्तर तहका परीक्षाको तयारीमा जुट्न आंगिक कलेजहरुलाई चिकित्सा संस्थानको निर्देशन



पहिलोपोस्ट

स्नातक तथा स्नातकोत्तर तहका परीक्षाको तयारीमा जुट्न आंगिक कलेजहरुलाई चिकित्सा संस्थानको निर्देशन

काठमाडौं : त्रिभुवन विश्वविद्यालय चिकित्सा शास्त्र अध्ययन संस्थानले संस्थान अन्तर्गतका आंगिक तथा सम्बन्धन प्राप्त क्याम्पस/कलेजहरूलाई स्नातक तथा स्नातकोत्तर तहका परीक्षाको तयारीमा जुट्न निर्देशन दिएको छ।

स्नातक तथा स्नातकोत्तर तहका परीक्षा चाडै सञ्चालन गर्ने गरी परीक्षा तालिका शिघ्र प्रकाशन गर्ने तयारी भएकोले परीक्षाको तयारीमा जुट्न संस्थानले सूचना प्रकाशित गरेको छ।

परीक्षा पूर्ववत प्रकृया अनुसार नै हुने संस्थानले जनाएको छ। विद्यार्थीहरुले आ-आफ्नो क्याम्पस/कलेजहरुको सम्पर्कमा रहि परीक्षामा सम्मिलित हुनको लागि नेपाल सरकारले तोकेको अधिकम मापदण्ड पालना गर्ने तवरबाट व्यवस्थापनमा सहजिकरण गर्न समेत संस्थानले कलेजहरुलाई अनुरोध गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell