PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

नर्विचमाथि आर्सनलको फराकिलो जित



पहिलोपोस्ट

नर्विचमाथि आर्सनलको फराकिलो जित

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा आर्सनलले नर्विच सिटीमाथि फराकिलो जित निकालेको छ। इमिरेट्स स्टेडियममा भएको खेलमा घरेलु टोलीले नर्विचमाथि ४-० को फराकिलो जित निकालेको हो।

आर्सनलको जितमा पियरे एम्रिक औबुमियङले २ गोल तथा ग्रानित साका र सेड्रिक सोयसले समान १/१ गोल गरे।

खेलको ३३ औं मिनेटमा औबुमियङले घरेलु टोलीलाई अग्रता दिलाएका थिए। त्यसको चार मिनेटभित्रै फेरि साकाले औबुमियाङको पासमा गोल गर्दै अग्रता दोब्बर बनाए। पहिलो हाफमा आर्सनल २ गोलले अघि रह्यो। दोस्रो हाफमा औबुमियाङले नै दोस्रो गोल थपे। उनले खेलको ६७ औं मिनेटमा गोल गर्दा सोएरेसले अर्को गोल थपे। र, आर्सनले ४-० को सहज जित आफ्नो पक्षमा पार्‍यो।

जितसँगै ४६ अंक जोडेको आर्सनल सातौं स्थानमा उक्लिएको छ। अर्कोतर्फ नर्विच भने अंकतालिकको पुछारमा २१ अंकसहित रहेको छ। रेलिगेसनको भयमा रहेको नर्विचसिटी भन्दा अघि रहेको बर्नेमाउथ र एस्टोन भिल्लाको २७ अंक छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell