PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

विलियनको दोहोरो गोलले टारेन चेल्सीको हार



पहिलोपोस्ट

विलियनको दोहोरो गोलले टारेन चेल्सीको हार

इङलिस प्रिमियर लिग अन्तर्गत गएराति भएको खेलमा वेस्ट ह्याम युनाइटेडसँग चेल्सी पराजित भएको छ। लन्डन स्टेडियममा भएको खेलमा घरेलु टोली वेस्ट ह्याम युनाइटेडले चेल्सीलाई ३-२ ले हराएको हो।

रोमान्चक खेलमा चेल्सीले पेनाल्टीमा पाएको अवसरको सदुपयोग गर्दै अग्रता बनाएको थियो। खेलको ४२ औं मिनेटमा विलियनले चेल्सीलाई अग्रता दिलाएका थिए। तर त्यसको सात मिनेट भित्रै पहिलो हाफको अतिरिक्त समयमा हेस्ट ह्यामका मिडफिल्डर टोमस सउसेकले बोविनको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए।

पहिलो हाफमा १-१ को बराबरी पछि दोस्रो हाफमा घरेलु टोलीले अग्रता बनायो। खेलको ५१ औं मिनेटमा मिछाइल एन्टोनियोले गोल गर्दै वेस्ट ह्यामलाई अग्रता दिए। तर ७२ मिनेटमा फेरि चेल्सीका विलियनले नै गोल गर्दै खेल बराबरीमा ल्याए।

त्यसपछि खेलमा निर्णायक गोल बन्न पुग्यो खेलको ८९ औं मिनेटको एन्ड्री यर्मोलेनकोको गोल। उनले एन्टोनियोको पासमा गोल गरे जुन घरेलु टोलीको जितका लागि निर्णायक बन्यो।

जितसँगै ३० अंक जोडेको वेस्टह्याम युनाइटेड १६ औं स्थानमा उक्लिएको छ। यो जितले रेलिगेसन जोन नजितकै रहेको युनाइटेडलाई ठूलो राहत मिलेको छ। अर्कोतर्फ आर्सनल भने ४६ अंकसहित सातौं स्थानमा छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell