PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

१३ वर्षीय बालकसहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना



पहिलोपोस्ट

१३ वर्षीय बालकसहित गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना

काठमाडौं : गण्डकी प्रदेशमा थप ८ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ।

प्रदेश क्षयरोग केन्द्रमा गरिएको परीक्षणमा चार जिल्लाका ८ जनामा कोरोना देखिएको हो। बागलुङ, स्याङ्जा, तनहुँ र पर्वतका पुरुषमा कोरोना पोजेटिभ देखिएको गण्डकी प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता डाक्टर विनोद विन्दु शर्माले जानकारी दिए।

बागलुङमा १ जना, स्याङ्जामा २ जना, तनहुँमा ३ जना र पर्वतमा २ जनामा कोरोना पुष्टि भएको हो। कोरोना सङ्क्रमण देखिएकामध्ये एक जना स्याङ्जा वालिङ नगरपालिकाका १३ वर्षीय बालक समेत रहेका छन्। उनीहरूलाई सम्बन्धित जिल्लाको आइसोलेसनमा लैजाने तयारी भइरहेको छ।

यससँगै गण्डकी प्रदेशमा सङ्क्रमितको सङ्ख्या १ हजार १४ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell