PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

बिहेको पाँच दिनमै मृत्यु : हत्या, आत्महत्या या भवितव्यमध्ये भयो के?



पहिलोपोस्ट

बिहेको पाँच दिनमै मृत्यु : हत्या, आत्महत्या या भवितव्यमध्ये भयो के?

काठमाडौं : २६ वर्षीय निर्जला भण्डारीले विवाह गरेर पतिको घरमा भित्रिएको पाँच दिनमात्र बितेको थियो। विवाहको खुसीयाली छाएको घरमा बुधवार एकाएक अप्रिय घटना घट्यो। कारण थियो - भर्खरै भित्रिएकी दुलहीको मृत्यु। यो मृत्यु प्राकृतिक भने थिएन। बुधवार बिहानै करिब ८ बजेतिर निर्जलाको कोटेश्वरस्थित घरको चौथो तलबाट झरेर मृत्यु भयो। उनको हत्या भयो या आत्महत्या, या अरु नै भवितव्य भयो?

प्रहरीले अहिले नै घटना आत्महत्या हो वा अरु नै केही भन्ने अवस्था नदेखिएको जनाएको छ।

'घरको माथिल्लो तत्लाबाट खसेर मृत्यु भएको देखिन्छ। बाँकी थप अनुसन्धानमा नै छौं,' महानगरीय प्रहरी वृत्त नयाँ बानेश्वरका डीएसपी दक्षकुमार बस्नेतले भने।

घरका अन्य सदस्यहरु आफ्नै काममा व्यस्त तथा श्रीमान् सुतिरहेको अवस्थमा उनी छतबाट खसेर मृत्यु भएको देखिएको छ। खसेको आवाज सुनेपछि परिवारले तत्कालै अस्पताल पुर्‍याएका थिए। तर, उनलाई चिकित्सकले बचाउन सकेनन्।

'साढे ८ बजे अस्पतालमा उहाँको मृत्यु भएको थियो। घटना भइसकेको केही समयपछि हामी घटनास्थल पुगेका थियौं,' डिएसपी बस्नेतले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell