PahiloPost

Mar 1, 2025 | १७ फागुन २०८१

फेसबुकबाट लाइभ आत्महत्या : प्रहरी त पुग्यो तर गइसकेको थियो २३ वर्षीया एलिशाको ज्यान



सविन ढकाल

फेसबुकबाट लाइभ आत्महत्या : प्रहरी त पुग्यो तर गइसकेको थियो २३ वर्षीया एलिशाको ज्यान

काठमाडौं : 'सम्झना बिर्सना यो सिउँदो जोगाउनु। मेरो लासको मलामी तिमी हुनु।'

एलिशा गौतम ८ घण्टा अगाडि यही गित बजाउँदै फेसबुक लाइभमा आइन। रातो कुर्था लगाएकी उनी लाइभ आउँदा धेरै मानिस निन्द्रामा थिए। उनी भने बेग्लै मिसनमा व्यस्त। उनको अनुहार मलिन देखिन्थ्यो। घरिघरी उनी नमस्कार गर्दै रुन्थिन्।

उनले फेसबुक लाइभमा नै आत्महत्या गर्न गएको जानकारी दिएकी रहिछिन्। उनले फेसबुक लाइभ गर्दा केही अरु मानिस पनि लाइभमा आएका थिए। कतिले किन आत्महत्या गर्न आँटेको भन्ने प्रश्न समेत गरिरहेका थिए। कोही यो रियल हो कि होइन भन्ने आशंकामा नै थिए।

कतिले परिवार र अन्य मानिसलाई सम्पर्क गरेर त्यहाँ पुग्न समेत आग्रह गरिरहेका थिए, लाइभकै कमेन्टबाट। यही लाइभ भिडियो चितवनका एक पत्रकारले पनि हेरिरहेका थिए। उनलाई मनमा हुँटहुटी भयो। राति नै आफ्ना सम्पर्कमा रहेका प्रहरीलाई फोन गरे। इलाका प्रहरी कार्यालय तुलसीपुरका डीएसपी शिवबहादुर सिंहलाई पनि फोन गरे उनले। उनले फोन गर्दा रातको १ बजेर ३५ मिनेट भएको थियो।

तिनै पत्रकारले केन्द्रीय साइवर व्यूरोलाई समेत जानकारी दिइसकेका रहेछन्। डीएसपी सिंहले प्रहरी निरीक्षकको कमान्डमा १२ जनाको टोली तयार पारे। तर, जाने कहाँ? कुन घर? कुनै जानकारी थिएन। केवल आफ्नो एरियामा कसैले सुसाइट गर्दै छ भन्ने मात्र थियो।

'कसरी घर पत्ता लगाउने भन्ने समस्या भयो। पत्रकार साथीसँग सम्पर्क गर्दै थप जानकारी लिएका थियौं। मैले साइवर व्यूरोमा पनि खबर गरे,' डीएसपी सिंहले भने।

यता २३ वर्षीय एलिशा गौतम भने आत्महत्या गर्नको लागि तयार भइरहेकी थिइन्। कान समात्दै नमस्कार गर्दै रुन्चे अनुहारमा देखिएकी थिइन् उनी। डिएसपीको टोली बाइक लिएर तयार भयो। यता केन्द्रीय साइबर ब्यूरोले एउटा नम्बर पत्ता लगायो जसले एलिशाको घरको जानकारी थियो।

टोलीले नम्बरको आधारमा युवकलाई फोन गर्‍यो। उनले लाइभमा आएकी युवतीको घर देखेको जानकारी दिए। दाङ तुलसीपुर उपमहानगरपालिकाको रानीजरुवामा उनको घर थियो। प्रहरीलाई थप आशा आयो। युवकले दिएको जानकारी अनुसार करिव साढे २ किलोमिटरको दुरीमा युवतीको घर थियो।

प्रहरी टोली मोटरसाइकल लिएर निस्कियो।

'घर पत्ता लागेको थिएन। तर, यही हो भन्ने थियो। त्यसैले साइरन बजायौ। यदि नजिकै भए पुलिसको साइरनले उसले छोड्लिन्न भन्ने थियो,' डीएसपी सिंहल भने।

आज बिहान १० बजेसम्म उनले लाइभ गरेको भिडियोको फुटेज ६१ हजार मानिसले हेरिसकेका छन्। ७ सय ३१ जनाले आफ्नो फेसबुकमा भिडियो शेयर गरेका छन्। १३ सय कमेन्ट आइसकेको छ।

२३ वर्षीय एलिशा गौतम झुन्डिएर मरिन्। कोठाको पन्खामा आफैले लगाएको रातो सलमा पासो लगाएकी हुन् उनले।

प्रहरी पुग्दा फोनबाट जोडिएका युवक पनि उनको घरमा पुगिसकेका थिए। घरभित्र पुगेर हेर्दा उनी मरिसकेकी थिइन्। 'हामी पुग्दा झुन्डिएको अवस्थामा थियो। उनलाई बचाउन असफल भइयो,' डीएसपी सिंहले भने।

उनी एक तले घरमा एक्लै बस्दै आएकी थिइन्। दुईवटा कोठा भाडामा लगाएकी थिइन्। उनका आमा बुबा भारतमा बस्दै आएको खुलेको छ।

'आत्महत्याको कारण खोजी गर्दै छौं। उहाँहरुको परिवारसँग सम्पर्क गरिरहेका छौं,' डीएसपी सिंहले भने। उनले आत्महत्या गरेको घर माइतीको भएको प्रारम्भिक रुपमा खुलेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell