PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

मन्त्रिपरिषद डाकेका प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न पुगे शितल निवास



पहिलोपोस्ट

मन्त्रिपरिषद डाकेका प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न पुगे शितल निवास

काठमाडौं : प्रधानमन्त्री केपी शर्मा ओली मन्त्रिपरिषदको बैठक अघि राष्ट्रपति विद्यदेवी भण्डारीलाई भेटन शितल निवास पुगेका छन्।

नेकपाभित्रको राजनीति पेचिलो बन्दै गएपछि ओली राष्ट्रपति निवास पुगेका हुन्। आज उनले एकाएक मन्त्रिपरिषद बैठक डाकेका छन्। बैठकका एजेन्डा भने सार्वजनिक गरिएको छैन।

समसामयिक विषयमा छलफल गर्न भेटघाट भइरहेको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। प्रधानमन्त्री ओलीले आज १२ बजे मन्त्रिपरिषदको आकस्मिक बैठक बोलाएका छन्। अहिले नेकपाको स्थायी कमिटी बैठक पनि जारी छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell