PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

राष्ट्रपतिसँग प्रधानमन्त्रीको ४० मिनेट परामर्श, बालुवाटार फर्किए ओली, क्याविनेट बस्दै



पहिलोपोस्ट

राष्ट्रपतिसँग प्रधानमन्त्रीको ४० मिनेट परामर्श, बालुवाटार फर्किए ओली, क्याविनेट बस्दै

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेर सरकारी निवास बालुवाटार फर्किएका छन्।

करिब ४० मिनेटजति भेट गरेका ओली केही बेरअघि शितल निवासबाट फर्किएको राष्ट्रपतिका स्वकीय सचिव भेषराज अधिकारीले जानकारी दिए। आजै मन्त्रिपरिषद बैठक बस्दै छ। मन्त्रिपरिषदको बैठक अघि राष्ट्रिपतिसँग ओलीले परामर्श गरेका हुन्।

नेकपा स्थायी कमिटी पनि बसिरहेको छ। पार्टीका शीर्ष नेताले ओलीको राजीनामा मागेपछि उनले राष्ट्रपति र आफू निकट नेताहरुसँग भेट तीव्र बनाएका हुन्। आज विहान मात्रै ओली पक्षका नेताहरुले अर्का अध्यक्ष पुष्पकमल दाहल प्रचण्डलाई भेटेका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell