PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

नेपालमा कोरोना संक्रमणको अवस्था अहिले कस्तो छ? इन्फोग्राफिक्समा तथ्यहरु



विधुर ढकाल

नेपालमा कोरोना संक्रमणको अवस्था अहिले कस्तो छ? इन्फोग्राफिक्समा तथ्यहरु

काठमाडौं : नेपालमा मंगलवार साँझसम्मको तथ्यांक अनुसार संक्रमितहरुको संख्या १४ हजार ८६ छ। पछिल्लो पटक स्थानीय स्तरमा जनघनत्व भएका क्षेत्रमा पनि संक्रमण देखिन थालेको छ। महिलाहरुमा पनि पछिल्ला दिनमा संक्रमितको संख्या बढ्दै गएको छ।

Made with Flourish

हालसम्म नेपालमा संक्रमितमध्ये एक हजार ७७४ महिला छन्। त्यस्तै १२ हजार २७२ पुरुष संक्रमित छन्। नेपालमा हालसम्म दुई लाख ३३ हजार २२७ जनाको स्वाब परीक्षण गरिएको छ। हाल क्वारेन्टाइनमा ४८ हजार ३६२ जना रहेका छन्। हालसम्म १० हजार ३६० जना आइसोलेसनमा रहेका छन्। त्यस्तै, तीन हजार ६५६ जना संक्रमिड उपचार पछि डिस्चार्ज भएका छन्। त्यस्तै मृत्यु हुनेको संख्या ३० पुगेको छ।

पीसीआर परीक्षण गरिएका मध्ये ६.२ प्रतिशतमा संक्रमण पुष्टि भएको छ। संक्रमण पुष्टि भएकामध्ये हालसम्म १६.०२ प्रतिशत डिस्चार्ज भएका छन्। मृत्यु हुनेको संख्या कूल संक्रमितको ०.२१ प्रतिशत रहेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकमा उल्लेख छ।

लिंगका आधारमा संक्रमित

Made with Flourish

संक्रमणको सुरुवाती चरणमा विदेशबाट फर्किएका व्यक्तिमा संक्रमणको देखिँदा महिलाहरुको संख्या नगन्य मात्रामा थियो। पछिल्लो समय संक्रमण समुदायमा पनि प्रवेश गर्दै जाँदा संक्रमित हुने महिलाको संख्या अनुपातमा वृद्धि हुन थालेको छ। कूल संक्रमितमध्ये १० प्रतिशत भन्दा कम महिला संक्रमित हुने गरेकोमा समुदायमा संक्रमण प्रवेश गर्दैगर्दा महिला संक्रमितको १३ प्रतिशत पुगेको छ। संक्रमितमध्ये पुरुष ८७ प्रतिशत रहेका छन्।

डिस्चार्ज हुनेमध्ये महिला ९ प्रतिशत र पुरुष ९१ प्रतिशत रहेका छन्।

उमेर समूहका आधारमा संक्रमित

Made with Flourish

पछिल्लो समय संक्रमितको संख्या बढ्दै जाँदा बालबालिकाहरुको संख्या पनि बढ्दै गएको छ। हालसम्म १० वर्ष सम्मका ४६२ जना संक्रमित छन्। जुन ४ प्रतिशत हो। त्यस्तै, संक्रमितमध्ये ११ देखि २० वर्षसम्मका दुई हजार ९८४ जना संक्रमित छन्। जुन कूल संक्रमितको २१ प्रतिशत हो।

संक्रमितमध्ये सबैभन्दा धेरै २१ देखि ३० वर्ष उमेर समूहका छन्। कूल संक्रमित मध्ये ३७ प्रतिशत यो उमेर समूहका छन्। २१ वर्ष देखि ३० वर्ष उमेर समूहका पाँच हजार १९४ जना संक्रमित छन्।

त्यस्तै, ३१ वर्ष देखि ४० वर्ष उमेर समूहका २३ प्रतिशत संक्रमित छन्। यो समूहमा संक्रमितको संख्या तीन हजार २५६ रहेको छ। संक्रमितमध्ये १० प्रतिशत ४१ देखि ५१ वर्ष उमेर समूहका छन्। यो उमेर समूहका १ हजार ४२५ संक्रमित छन्।

५१ देखि ६० वर्ष उमेर समूहका ४ प्रतिशत अर्थात् ५२५ जना संक्रमित छन्। त्यस्तै, ६० देखि ७० वर्ष उमेर समूहका १५६, ७१ देखि ८० वर्ष सम्मका ३६ र ८० वर्ष भन्दा माथिका ८ जना संक्रमित छन्।

प्रदेशगत संक्रमितको अवस्था

Made with Flourish

सबैभन्दा बढी संक्रमित प्रदेशहरुमा प्रदेश २ र ५ रहेका छन्। यी दुई प्रदेशमा संक्रमितको संख्या तीन हजारभन्दा माथि छ। प्रदेश २ मा कूल संक्रमितको संख्या ३ हजार ८५६ पुगेको छ। यहाँ मृत्यु हुनेको संख्या ४ पुगेको छ। यहाँ हालसम्म एक हजार ३९३ जना डिस्चार्ज भइसकेका छन्। त्यस्तै, दुई हजार ४५९ जना अझै आइसोलेसनमा रहेका छन्।

सबैभन्दा बढी मृत्यु भएको प्रदेश हो, प्रदेश ५। यस प्रदेशमा स्वास्थ्य मन्त्रालयको तथ्यांक अनुसार मृत्यु हुनेको संख्या ९ उल्लेख छ। तर, प्रदेशको स्वास्थ्य निर्देशनालयको तथ्यांक अनुसार ११ जनाको मृत्यु भएको छ। अर्घाखाँचीको हरमावि क्वारेन्टाइनमा आत्महत्या गरेका पुरुष र भारतमा मृत्यु भइ दाङमा परीक्षण भएका एक पुरुषलाई मन्त्रालयको तथ्यांकमा समावेश गरिएको छैन। प्रदेश ५ मा तीन हजार ८४३ जनामा संक्रमण पुष्टि भएको छ। यहाँका एक हजार ९०७ जना संक्रमित डिस्चार्ज भएका छन्। त्यस्तै, दुई हजार ९२७ जना उपचराकै क्रममा रहेका छन्।

सुदुरपश्चिम प्रदेशमा संक्रमितको संख्या २ हजार ७ सय पुग्दा यहाँ ६ जनाको मृत्यु भएको छ। यहाँ डिस्चार्ज रेट कम छ। यहाँ ७५ जनामात्र डिस्चार्ज भएका छन् भने दुई हजार ६१९ जना उपचारकै क्रममा छन्।

कर्णाली प्रदेशमा संक्रिमितको संख्या एक हजार ५०८ रहेको छ। यहाँ ४ जनाको मृत्यु भएको छ। संक्रमित मध्ये ५५३ जना डिस्चार्ज भएका छन् भने ९५१ जना अझै आइसोलेसनमा उपचारमा भइरहेको छ।

संक्रमण पुष्टिको आधारमा पुछारमा रहेको वाग्मती प्रदेश मृत्युको आधारमा तेस्रो स्थानमा छ। प्रदेश ५ र सुदुरपश्चिम प्रदेशपछि यहाँ मृत्यु हुनेको संख्या ५ पुगेको छ। यहाँ संक्रमण पुष्टि भएकाको संख्या ४५८ छ। डिस्चार्ज १९७ जना हुँदा २५६ जना उपचारकै क्रममा छन्।

गण्डकी प्रदेशमा २ जनाको मृत्यु भएको छ। यहाँ १ हजार ५८ जनामा संक्रमण पुष्टि भएको छ। १३१ जना डिस्चार्ज हुँदा ९२५ जना संक्रमितको उपचार भइरहेको स्वास्थ्य मन्त्रालयको तथ्यांकमा उल्लेख छ। यद्यपि, स्वास्थ्य निर्देशनालय गण्डकी तथ्यांकमा भने संक्रमितको संख्या एक हजार १४ पुगेको उल्लेख छ।

प्रदेश १ मा हालसम्म कसैको पनि मृत्यु भएको छैन। यहाँ संक्रमण पुष्टि भएकाहरुको संख्या ६२३ छ। ४०० जना संक्रमित डिस्चार्ज भइसकेका छन् भने २२३ जना संक्रमित अझै उपचारका क्रममा छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell