PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

लाजिम्पाटमा ड्रोन उडाउने ४ जना पक्राउ



पहिलोपोस्ट

लाजिम्पाटमा ड्रोन उडाउने ४ जना पक्राउ

काठमाडौं : काठमाडौं महानगरपालिका २ लाजिम्पाटमा विना अनुमति ड्रोन उडाउने ४ जनालाई प्रहरीले पक्राउ गरेको छ।

मार्चिङ एण्ड प्रालिका कर्मचारी ललितपुर महानगरपालिका १० बस्ने ३१ वर्षीय रवि शाक्यसहित ४ जनालाई बुधबार साँझ पक्राउ गरिएको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

उक्त स्थानमा मानवरहित हवाई उपकरण ड्रोन उडाएको भन्ने जानकारी प्राप्त हुनासाथ महानगरीय प्रहरी वृत्त लैनचौरबाट खटिएको प्रहरीले ड्रोन उडाउँदै गरेको अवस्थामा फेला पारी उनीहरुलाई पक्राउ गरेको हो।

सोही ठाउँस्थित माछापुछ्रे बैंकको भवनको भिडियो खिच्न मार्चिङ एण्ड प्रालि कम्पनीलाई जिम्मा दिएकोमा उक्त ड्रोन बिना अनुमति उडाएको र निषेधित क्षेत्रमा पुगेको पाइएको अनुसन्धानबाट खुल्न आएको छ।

चारै जनालाई हिरासतमा राखेर आवश्यक अनुसन्धान भइरहेको वृतले जानकारी दिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell