PahiloPost

May 18, 2026 | ४ जेठ २०८३

किशोरीलाई ट्वाइलेटमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ



पहिलोपोस्ट

किशोरीलाई ट्वाइलेटमा लगेर जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ

काठमाडौं : बलात्कारको आरोपमा दुई जना पक्राउ परेका छन्। कपिलवस्तुमा १६ वर्षीया किशोरी र झापामा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा दुई जना पक्राउ परेको केन्द्रीय प्रहरी समाचार कक्षले जनाएको छ।

कपिलवस्तुस्थित शुद्धोधन गाउँपालिका-१ सोहसा बस्ने ३४ वर्षीय दामोदर थारुलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गर्‍यो। थारुले ती किशोरीको घरमा कोही नभएको अवस्थामा ट्वाईलेटमा लगि जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ प्रहरी चौकी बगदी र ईलाका प्रहरी कार्यालय पकडीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

त्यसैगरी झापामा २० वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा कचनकवल गाउँपालिका-७ कुमालगाउँ बस्ने ३० वर्षीय बिकाश राईलाई बुधबार दिउँसो प्रहरीले पक्राउ गर्‍यो। राईले ती महिलालाई घरमा कोही नभएको अवस्थामा जबरजस्ती करणी गरेको भन्ने खबर प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनियानिबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो।

घटनाबारे स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell