PahiloPost

Aug 20, 2026 | ४ भदौ २०८३

त्रिवि शिक्षण अस्पतालमा शिशुको कोरोनाका कारण मृत्यु, मर्नेको संख्या ३१ पुग्यो



पहिलोपोस्ट

त्रिवि शिक्षण अस्पतालमा शिशुको कोरोनाका कारण मृत्यु, मर्नेको संख्या ३१ पुग्यो

काठमाडौं : त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पतालमा ४५ दिनको शिशुको कोरोना संक्रमणका कारण मृत्यु भएको छ।

म्याग्दीका शिशुलाई करिब दुई साता अगाडि अस्पताल भर्ना गरिएको शिक्षण अस्पतालका कार्यकारी निर्देशक डाक्टर रोहित पौडेलले जानकारी दिए। संक्रमित शिशुको बुधवार साँझ निधन भएको थियो। जन्मजात स्वासप्रस्वासको समस्या रहेका शिशुमा केही दिन अघिमात्र संक्रमण पुष्टि भएको त्रिवि शिक्षण अस्पताल कोरोना ब्यवस्थापन समितका संयोजक सन्तोष कुमार दासले बताए।

'उहाँलाई जन्मजात स्वासप्रस्वासको समस्या थियो। मर्नुअघि नै संक्रमण पुष्टि भएको थियो,' उनले भने। मृतक शिशुको शव व्यवस्थापन भइसकेको दाषले जानकारी दिए। मृतक शिशुका आमा, बुबा र फुपुको नमुना संकलन गरी परीक्षणको काम भइरहेको उनले बताए।

यससँगै कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ३१ पुगेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell