PahiloPost

Jun 25, 2026 | ११ असार २०८३

‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन, भारतीय दलाल होसियार’

‘वैदेशिक हस्तक्षेप चाहिँदैन, सरकार ढाल्न पाइँदैन, भारतीय दलाल होसियार’

पहिलोपोस्ट /पहिलोपोस्ट


काठमाडौं: सरकारको समर्थनमा माइतीघर मण्डलामा प्रदर्शन भएको छ। सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी निकट युवाहरुले बिहीवार माइतीघरमा नाराबाजीसहित प्रदर्शन गरेका हुन्। युवा संघका नेता वकिल बम, सन्तोष सिलवालहरुको नेतृत्वमा उनीहरुले प्रधानमन्त्री ओली तस्विर बोकेर नारा बाजी गरेका थिए।

नेकपामा शीर्ष नेताहरुले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा मागेपछि राजनीतिक माहोल तातेको छ। प्रधानमन्त्रीले आफूलाई हटाउन भारत लागिपरेको बताउँदै आएका छन्। पार्टीभित्रबाट समेत प्रधानमन्त्री र अध्यक्ष दुबै पद छोड्न माग उठेका बेला युवाहरु सडक प्रदर्शनमा उत्रिएका हुन्।

उनीहरुले ‘वैदेशिक हस्तक्षेप बन्द गर’, ‘सम्पूर्ण देश प्रेमी नागरिक एक हौं’, ‘भारतीय दलाल होसियार’, ‘आज होइन भोलिलाई हाम्रो समर्थन ओलीलाई’, ‘वैदेशिक हस्तक्षेप चाहिँदैन सरकार ढाल्न पाइँदैन’ जस्ता नारा लगाएका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell