PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

सुशान्त आत्महत्या प्रकरणमा सञ्जय लीला भन्सालीलाई प्रहरीले पठायो 'लिगल नोटिस'



पहिलोपोस्ट

सुशान्त आत्महत्या प्रकरणमा सञ्जय लीला भन्सालीलाई प्रहरीले पठायो 'लिगल नोटिस'

बलिउड अभिनेता सुशान्तसिंह राजपुत आत्महत्या प्रकरणमा मुम्बई पुलिसले चर्चित निर्देशक सञ्जय लीला भन्सालीलाई लिगल नोटिस पठाएको छ। बलिउडको गुटबन्दी र नेपोटिजमका कारण डिप्रेशनमा गएर सुशान्तले आत्महत्या गरेको पाटोतर्फ अनुसन्धान केन्द्रीत गरेको मुम्बई प्रहरीले कलाकारसहित धेरै जनासँग सोधपुछ गरिसकेको छ। यसैक्रममा सोधपुछका लागि मुम्बई पुलिसले भन्सालीलाई पत्र पठाएको हो।

सुशान्त आत्महत्या प्रकरणमा फिल्म समीक्षक सुभाष झाले सञ्जयले सुशान्तलाई ३ वटा फिल्ममा प्रस्ताव गरेको खुलासा गरेका थिए। जसमा बाजीराव मस्तानी, गोलियो की रासलीला राम-लिला र पद्मावत थिए।

सुभाषका अनुसार सुशान्तलाई सुरुमा सञ्जयले बाजीराव मस्तानीका लागि अफर गरेका थिए। तर सुशान्तले गर्न नसकेपछि गोलियो की रासलीला राम-लिला र त्यसपछि पद्मावतमा पनि अफर गरेका थिए। पछि तीनवटै फिल्ममा सुशान्तले काम गर्न पाएनन्। प्रहरी सुशान्तले किन काम गरेनन् वा किन काम गर्ने वातावरण भएन भन्ने कुरा पत्ता लगाउन भन्सालीलाई सोधपुछका लागि बोलाएको हो।

भन्सालीलाई पत्र पठाउनु अघि प्रहरीले एंटरटेनमेंट न्यूज पोर्टलका एडिटर विक्की ललवानीसँग बांद्रा पुलिस स्टेशनमा बोलाएर सुशान्त आत्महत्या प्रकरणमा सोधपुछ गरेको छ।

पोस्‍टमार्टम र भिसेरा रिपोर्टले सुशान्तले आत्महत्या नै गरेको पुष्टि भइसकेको छ। प्रहरी सुशान्तले कुन परिस्थितिमा आत्महत्याजस्तो कठोर कदम उठाउन बाध्य भए भन्ने कुरा पत्ता लगाउन खोजिरहेको छ। साथै डिप्रेशनको कारण पनि पत्ता लगाउन प्रयास गरिरहेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell