PahiloPost

Mar 29, 2024 | १६ चैत्र २०८०

देशभर एकै दिन ४० जिल्लामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?



विधुर ढकाल

देशभर एकै दिन ४० जिल्लामा कोरोना संक्रमण पुष्टि, कुन जिल्लामा कति थपिए संक्रमित?

काठमाडौं : बिहीवार देशका ४० जिल्लामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ। त्यस्तै, पहिलो पटक वाग्मती प्रदेशका सबै जिल्लामा एकै साथ संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा नेपालमा ४७३ जनामा संक्रमण पुष्टि भएको छ। जसमध्ये १०९ महिला र ३६४ जना पुरुषमा संक्रमण पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिए।

योसँगै नेपालमा एक हजार ८८३ जना महिला र १२ हजार ६३६ जना पुरुष गरी १४ हजार ५१९ जनामा संक्रमण पुष्टि भएको छ।

हालसम्म नेपालमा संक्रमितमध्ये ५ हजार ३२० जना संक्रमण मुक्त भएर घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा संक्रमण पुष्टि भएकामध्ये कोशी अस्पताल प्रयोगशालामा भएको परीक्षणमा सुनसरीका ३ र मोरङका ५ जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला विराटनगरमा झापाका १ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, गजेन्द्र नारायण सिंह अस्पताल प्रयोगशालामा सप्तरीका १० जनामा संक्रमण पुष्टि भएको छ।

प्रादेशिक अस्पताल प्रयोगशाला जनकपुरमा धनुषाका ३० र महोत्तरीका १३ जनामा संक्रमण पुष्टि भएको छ।

राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा अछामका ३१, बझाङका ३५, डोटीका ५८, कैलालीका १६५, कञ्चनपुरका ३१ र खोटाङका १ जनामा संक्रमण पुष्टि भएको छ।

शुक्रराज ट्रपिकल अस्पताल प्रयोगशालामा ललितपुरका १, भरतपुर अस्पताल प्रयोगशालामा चितवनका २ जनामा संक्रमण पुष्टि भएको छ।

त्रिवि शिक्षण अस्पताल प्रयोगशालामा बर्दियाका १, भक्तपुरका २, दाङका २, धादिङका १, दोलखाका २, गोरखाका १ जनामा संक्रमण पुष्टि भएको छ।

बिहीवार एकैपटक काठमाडौंमा सबैभन्दा बढी संक्रमित पुष्टि भएका छन्। काठमाडौंमा १७ महिला र ११ पुरुष गरी २८ जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, काभ्रे, ललितपुर, मकवानपुर, पाल्पा, रामेछाप, रुपन्देहीका १/१ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, सिन्धुली, उदयपुर, नवलपरासी र सुनसरीका एक/एक जनामा संक्रमण पुष्टि भएको छ। त्यस्तै, अर्घाखाँचीका २ जनामा पनि संक्रमण पुष्टि भएको छ।

टेकु अस्पताल प्रयोगशालामै नुवाकोट र रसुवाका एक/एक जना र सिन्धुपाल्चोकका ३ जनामा संक्रमण पुष्टि भएको छ। प्रादेशिक जनस्वास्थ्य प्रयोगशाला पोखरामा बाग्लुङका १, पर्वत र स्याङ्जाका २/२ तथा तनहुँका ३ जनामा संक्रमण पुष्टि भएको छ।

यसैगरी, पोखरा स्वास्थ्य विज्ञान प्रयोगशाला पोखरामा कास्कीका १ र लमजुङका १६ जना संक्रमित भएका छन्।

राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा दाङका २ जनामा संक्रमण पुष्टि भएको छ।

त्यस्तै, बिहीवार थप भएको प्रयोगशाला स्वास्थ्य सेवा कार्यालय दैलेखमा दैलेखका ३ जनामा संक्रमण पुष्टि भएको छ।

कर्णाली स्वास्थ्य विज्ञान प्रयोगशालामा कालिकोटका १ जनामा संक्रमित भएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell