PahiloPost

Jan 16, 2026 | ३ माघ २०८२

सीमामा बढ्दैछ सशस्त्रको उपस्थिति : दार्चुलामा एकै दिन थप ३ वटा बीओपी स्थापना



पहिलोपोस्ट

सीमामा बढ्दैछ सशस्त्रको उपस्थिति : दार्चुलामा एकै दिन थप ३ वटा बीओपी स्थापना

काठमाडौं : दार्चुलमा सशस्त्र प्रहरी बल (एपीएफ)ले एकै दिन ३ वटा बोर्डर आउट पोस्ट (बीओपी) स्थापना गरेको छ। बिहीवार जिल्लाको मालिकाअर्जुन गाउँपालिका ४ जोलजिबी, लेकम गाउँपालिका ३ लाली र ब्यास गाउँपालिका २ दुम्लिङमा बीओपी स्थापना भएको हो।

यस अघि दार्चुलाको छाङरुङमा बीओपी स्थापना भइसकेको छ। योसँगै दार्चुलामा बीओपीको संख्या ४ पुगेको छ।

बिहीवार सशस्त्र प्रहरी बल नम्बर ७ बैध्यनाथ बाहिनीका बाहिनीपती सशस्त्र प्रहरी नायब महानिरीक्षक हरिशंकर बुढाथोकीले बीओपीको उद्घाटन गरेका हुन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell